महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै
महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली क्रिकेट जगतका हस्ती एवं अन्तराष्ट्रिय टि–२० क्रिकेट जगतका अलराण्डर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गर्नेको भएको छ । कञ्चपनुर उद्योगबाणिज्य संघले १६औ प्रदेशस्तरीय औद्योगिक मेला तथा कञ्चपनुर पर्यटन महोत्सवको अवसरमा विश्व कृतिमानी राख्ने क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई नगद रु ५१ हजार पुरस्कारसहित रथमा महेन्द्रनगर बजार परिक्रममा र अभिनन्दन गर्ने भएको हो ।
टि–२० क्रिकेट फर्मेटको खेलमा थुप्रे विश्व कृतिमानी राख्ने खेलाडी दिपेन्द्र सिंह ऐरीलाई कञ्चनपुर उद्योग बाणिज्य संघले मेलाको अवसर पारेर अभिनन्दन तथा रथमा बजार परिक्रममा गराई नगद रु ५१ हजार पुरस्कार प्रदान गर्न लागिएको सघंका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । ‘कञ्चनपुर उद्योग बाणिज्य संघले कञ्चनपुरमा जन्मेको हुर्केको युवा दिपेन्द्र सिंह ऐरी जसले देशको क्रिकेटको नेतृत्व गरीरहेको र देशकै नाम रोसन ग...












