Advertisement

स्व.नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता सूरु

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ९ मा नरेन्द्र रावत स्मृति वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । श्री रिङौना खेलकुद संवद्र्धन तथा संरक्षण समितिको आयोजनामा ‘स्वास्थ्य का लागि खेल, रास्ट्रका लागि खेल’ भन्ने मुल नाराकासाथ भईरहेको भलिवल प्रतियोगिताको प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्रि प्रकाश रावलले सोमबार समुद्धघाटन गरेका हुन् ।

समुद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश संरचनाभएपछि प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदानको अवधारणा अनुरुप रिङौना खेल मैदानको निर्माण कार्य अगाडि बढेको बताउनुभयो । सुरुमा मा डा. दिपक प्रकाश भट्टले आफ्नो संसदविकास कोषको रकमबाट निर्माण कार्य सुरुवात गरेको खेलमैदानलाई प्रदेश सरकारले पनि निरन्तर बजेट प्रदान गरी सहयोग गरेको पुर्व मन्त्री रावले बताउनुभयो ।

 

त्यसैगरी मा. डा. दिपक प्रकाश भट्टले स्थानीयको बारम्बारको आग्रहले आफुहरुले पत्याउनै नसकिने ठाँउमा खेलकुद मैदान बनाउन सुरुवात गरेको उल्लेख गर्दै अहिलेको समयमा आफु जनप्रतिनिधि नहुदासमेत आफु मैदान निर्माण लगायतका विकास कार्यहरुलाई निरन्तरताका लागि सरकारलाई घचभच्याउने कार्य गरिरहेको बताउनुभयो । भीमदत्त नगरपालिकाकी नगर उप–प्रमुख निलम लेखक जोशीले स्थानीय सरकारले गर्नुपर्ने कार्यका लागि आफुहरु पछि नहट्ने बताउनुभयो ।
समुद्धघाटन समारोहको अध्यक्षता रिगौंना खेलकुद संरक्षण समितिका अध्यक्ष मान सिंह रावतले गरेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य मा. प्रकाश रावल रहनुभएको थियो । खेलमा भीमदत्त नगरपालिका १ , वडा नम्बर ५, वडा नम्बर ९ (ए), वडा नम्बर ९ (बि), वडा नम्बर १० (ए), वडा नम्बर १० (बि), वडा नम्बर ११, वडा नम्बर १६, वडा नम्बर १७ र वडा नम्बर १८ का टिम सहभागी भएका छन् । खेलहरु एफबिआईको नियम अनुसार खेलाईने र लिग खेलहरु वेष्ट अफ थ्रिका आधारमा खेलाईने अध्यक्ष रावतले बताउनुभयो ।

प्रगियोगितामा प्रथम हुनेलाई ५१ हजार पुरुस्कार, द्वितिय हुनेलाई २६ हजार पुरुस्कार र तृतिय हुनेलाई १५ हजार पुरुस्कार प्रदान गरिने अध्यक्ष रावतले बताउनुभयो ।
अन्य ६ बटा विधामा समेत पुरस्कार प्रदान गरिने उनको भनाई रहेको छ । निवर्तमान मा.डा. दीपक प्रकाश भट्ट, भिमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जोशी रहेका थिए । भलिबल खेलका प्रशिक्षण, निर्णायक, पत्रकार, भलिवल खेलाडि, सुरक्षाकर्मी , खेलप्रेमी दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम कंचनपुर जिल्ला भलिबल संघका महासचीव उत्तम बिष्टले संञ्चालन गर्नुभएको थियो । उद्धघाटन खेलमा वडा नं. ९ विजयी भएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज