महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थीत दुई मतदान केन्द्रबाट आज(शुक्रबार) विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएकोमा ७ सय ४९ मत खसेको मतदान केन्द्र ‘ख’का मतदान अधिकृत टिकेन्द्र कुसुमीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैबाट मतगणा हुने तयारी भईरहेकोछ । सबैसंगठनका प्रतिनिधिहरुको बैठक बसेपछि निर्णय हुने मतदान अधिकृत कुसुमीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित्व हुने अन्य पाँच जना सदस्यहरुको नियुक्ती नेपाल सरकारले गर्ने प्रावधान रहेको छ ।
यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन ।
उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् ।
प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट २ गरी जम्मा २१ जना चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमबाट धन बहादुर चौधरी तथा लाल बहादुर बोहरा बिच प्रतिस्पर्धा भइृरहेको हो ।
परिषद्को निर्वाचनका लागि मतदान केन्द्र प्रदेश सदरमुकाममा रहने व्यवस्था अनुसार एक प्रदेशमा एक मतदान केन्द्र राखिएको थियो । जस अनुसार कोशीको विराटनगर मधेश प्रदेशको जनकपुर बागमतीको हेटौडा लुम्बिनिको भैरहवा गण्डकीको पोखरा कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्र तोकिएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।