Advertisement

दोधारा चाँदनीका मेयर लिम्बु र एनएनएसडब्ल्यूए बिच विपद् जोखिम न्युनिकरण सम्बन्धी छलफल

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रुपमा पहल गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरुलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रुपमा काम गरि रहनु भएको छ् । यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु र सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनार संग भेट गरि विपद् जोखिम न्युनीकरण, प्रतिकार्य र पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्नुभएको छ् । साथै उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि र उनिहरुको परिचालनका विषयमा समेत छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँले विपद् जोखिम न्युनीकरण, प्रतिकार्य साथै पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) साग छलफल भएको बताउनुभयो । उहाँले महाकाली तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जीविकोपार्जनको लागि आगामी दिन नयाँ योजना बनाउने विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो । मेयर लिम्बुले एनएनएसडब्ल्यूए लगाएतका सहयोगी संस्थाहरुको सहयोगले गत असारको ठूलो बाढीबाट दोधारा चाँदनीबासीलाई बचाउन सफल भएको तर्क गर्नुभयो । मेयर लिम्बुले बाढी प्रभावितहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण कार्यमा एनएनएसडब्ल्यूएले सहनिय कार्य गरेको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दोधारा चाँदनीमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि एनएनएसडब्ल्यूएले विगत लामो समय देखि काम गर्दै आएको बताउनुभयो । उहााले आगामी दिनमा समेत संस्थाले पालिकासाग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले परियोजनाले विपद् व्यवस्थापन संगै विपद्को जोखिममा रहेको समुदायको जीविकोपार्जनमा समेत काम गर्दै आएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रमहरु गरिने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज