Advertisement

दोधारा चाँदनीमा शिव महापुराण ज्ञान महायज्ञ संचालन हुने

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले आउदो कार्तिक १ गते देखि श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्ने तयारी सुरु गरिएको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले जानकारी दिनुभएको छ् । ९ दिन सम्म संचालन हुने भनिएको श्री शिव महापुराण ज्ञान महायज्ञमा परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको संगितमय भजन, कृतन र आकर्षक झाँकी प्रस्तुत गरिने कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका संयोजक केशव प्रसाद बरालले बताउनुभएको छ् । कमलशा बाबा मन्दिरको संरक्षण एव प्रवद्र्धधन, भौतिक पूर्वाधार विकास निर्माण एवम् अक्षय कोष सञ्चालन सहयोगार्थ तथा विश्व शान्तीको लागी श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो ।

हिन्दु धर्मको रक्षाको लागी समेत कार्यक्रमको आयोजना गर्न लागिएको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो । शान्ती व्यवस्था, धर्मको प्रचार प्रसार र सबै मानिसहरुमा आध्यात्मिक भावना जागृत गर्नका लागी दोधारा चाँदनी नगरपािलका क्षेत्रमा श्री शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । परमपुज्य गुरुबाट सुमधुमय प्रबचनका साथै विशेष धार्मिक मेला, शिवध्वनी, भजनकिर्तन, शिव भगवानको आरती, शिव ताण्डव, स्वोत्र अग्नि नृत्य इत्यादी कार्यक्रम हुने कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिका सचिव सुरज थापा क्षेत्रीले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा रहेको कमलशा शिवालयलाई धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले शिव महापुराण ज्ञान महायज्ञ संचालन गर्न लागिएको सचिव सुरज थापा क्षेत्रीले बताउनुभयो । पवित्र कार्यलाई सफल तुल्याउनका निमित्त नगरपालिकामा बसोबास गर्ने श्रद्धालु भक्तजनहरुलाई आमन्त्रण गरिएको उहाँको भनाई रहेको छ् ।

शिव महापुराण ज्ञान महायज्ञ तयारीका लागी बिभिन्न समिति तथा उपसमिति गठन गरि कामको जिम्मेवारी समेत दिईसकेको कमलशा बाबा धाम क्षेत्र संरक्षण तथा सनातन धर्म सेवा समितिले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज