Advertisement

चाडपर्वको बेला अपांगता भएका परिवारलाई खाद्यान्न बितरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अपांगता भएका ब्यक्तीहरुलाई खाद्यान्न बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० का बाढी ग्रस्त क्षेत्रमा बसोबास गर्ने ४० परिवारलाई खाद्यान्न बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनभएको छ् । गत असार २२ गते देखि २५ गते सम्म रकर्ड ब्रेक गर्ने गरि आएको अविरल वर्षा र त्यसपछि आएको वर्षा संगै बाढीले दोधारा चाँदनी नगरपालिका– १० का अधिकांश बस्तीमा धनमालको ठुलो क्षती बनाएको त्यसैमा अपांगता भएका ब्यक्तीहरुको खाद्यान्नमा क्षती बनाएर पिडामा रहेको बिषयलाई मध्यनजर राख्दै वडामा बसोबास गर्ने ४० जना अपांगता भएका घरपरिवारलाई १ बोरा चामल, २ किलो दाल, खाने तेल, नुन एवम् साबुन सहितका समाग्री वितरण गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् ।

बाढीको कारण अपांगता भएका ब्यक्तीहरुलाई चाड पर्वमा खाद्यान्नको समस्या देखिएकोले वडा कार्यालयको निर्णय अनुसार उनिहरुलाई खाद्यान्न सहयोग गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो । खाद्यान्न सहयोगले अपांगता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापनमा सहज हुने वडा कार्यालयले अपेक्षा राखेको छ् । अपांग संघ सहयोग समिति दोधारा चाँदनी नगरपालिका– १० का सचिव हितेन्द्र सुनारले बाढीको कारण गाँउ, बस्तीमा अधिकांश घरपरिवारको अवस्था कमजोर बनाएको र त्यसैमा अपांगता भएकाहरुलाई झनै छाक टार्नको निकै सकस भएको अवस्थामा वडा कार्यालयले गरेको सहयोग समय सापेक्ष निकै प्रशंसनिय रहेको बताउनुभएको छ् ।

बाढीले नगर क्षेत्रमा सबै भन्दा धेरै धनमालको क्षति वडा नं. १० ले व्यहोरेको र अझै अपांगता भएका ब्यक्तीहरुको अवस्था निकै कष्टकर रहेको उहाँले बताउनुभएको छ् । अपांगता भएकाहरुका लागी वडा कार्यालयबाट वर्षेनी आफुहरुलाई आर्थिकपार्जनको लागी बजेट बिनियोजन गर्दै आएको अपांग संघ सहयोग समिति दोधारा चाँदनी नगरपालिका– १० का सचिव हितेन्द्र सुनारले बताउनुभएको छ् ।

चाड पर्वको बेला छाक टार्नको सकस भएको अवस्थामा खाद्यसामग्री पाएपछि अपांगता भएका परिवारले खुशी प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज