Advertisement

माईती नेपालको सरोकारवाला संग अन्तरक्रिया, भारतबाट १२ र सीमा नाकाबाट १ सय ३५ जनाको उद्दार

कञ्चनपुर । बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरले ६ महिनाको अवधिमा भारतबाट बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार हो । माईती नेपाल कञ्चनपुरको सन ०२४ जनवरी देखि जुलाई सम्मको तथ्यांक अनुसार भारतबाट २ बालक, ४ बालिका र ६ महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरीले ६ महिनाको अवधिमा भारतका विभिन्न शहरबाट १२जना नेपालीको उद्दार गरिएको बताईन । उनका अनुसार भारतको सुरत,खटिमा, दिल्ली,शाहजापुर, हरियाणा, राजस्थान, मुम्बैबाट १/१, पुनाबाट २ र देहरादुनबाट ३ जनाको उद्दार गरिएको छ । उनीहरुलाई आकर्षक रोजगारीदेखि विभिन्न प्रलोभनमा पारेर भारत लगेर बेच्न खोजिएपछि पीडित परिवारको निवेदनका आधारमा खोजतलासी गरेर उद्दार गरिएको छ । भारतबाट उद्दार गरिएकाहरुलाई केहीलाई पुर्नस्थापना गृह र घरपरिवारको जिम्मा लगाईएको छ । ६ महिनाको अवधिमा सीमा क्षेत्रबाट १३५ जनाको उद्दार गरिएको छ ।

गड्डाचौकीबाट ५९,दोधाराचाादनी झोपुङ्गेपुलबाट १८, चारलेन महाकाली पुल क्षेत्रबाट ११ र अन्य क्षेत्रबाट ४५ गरेर १३५ जनाको उद्दार गरिएको छ । ६१ बालबालिका सहित ७४ महिला रहेका बेचबिखनको जोखिमबाट बचाईएको छ । कञ्चनपुर जिल्लाका मात्रै ६२ र सुप प्रदेशका अन्य जिल्लाका १०८ जनालाई मानवबेचबिखन गर्ने दलाल समुहले अनेकन प्रलोभन देखाएर भारत लग्ने क्रममा रोकिएको छ । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाका तीन स्थान गड्डाचौकी, दोधाराचाादनीको झोलुङ्गे र चारलेन महाकाली पुल क्षेत्रमा रहेका सुचना परामर्स केन्ऽ बाफत उनीहरुलाई सोधपुछ गरेर रोकथाम गरिएको बताईन ।

३ हजार २९२ सवारी साधन चेकजााच गरेर बालबालिका सहित महिलाको उद्दार गरिएको छ । यसविचमा १५७ जनालाई मनोसमाजिक र १८ हजार मानिसलाई सीमा क्षेत्रमा परामर्स दिईएको छ । १४१ लाई पारिवारिक पुर्नमिलन, १२ जनालाई सिधै घर फकाईएको छ । हराएका १०७ मध्ये ३२ जना फेला पारेर आफन्तको जिम्मा लगाईएको छ । १९ घरेलुका हिन्सामा १२ समाधान गरिएका छन । २ जबरजस्तीकरणीका मुद्दा दर्ता गरिएका छन । माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले गरिबी, विपन्नता, देखासिकी, रातारात कमाउने योजना, नक्कली विवाह, हिन्सा, समाजिक सञ्जालको दुरुपयोग, अनेकन विकृतीदेखि विवित कारणबाट महिला एव बालबालिका बेचबिखनको शिकार बनेका छन । कञ्चनपुर खुला सीमा नाका भएकाले आफन्तबाटै बेचबिखन भईरहेको तथ्य फेला परेका छन ।

बुधबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि लागि सरोकारवालासंग अन्तरकृया कार्यक्रममा सहभागिहरुले माईती नेपालले स्वदेश तथा विदेशबाट समेत जोखिममा परेका मानिसको उद्दार गरेको कामको प्रसंसा गरेका छन । महिला अगुवा भुवन कुावरले सरकारले गर्न नसकेको काम माईती नेपालले गरेको भन्दै प्रसंसा गरिन । उनले स्थानीय सरकारले सचेतनाका कार्यक्तम संचालनमा जोड दिईन । अधिवक्ता उद्धव भट्टले माईती नेपाल जस्तै सरकारले मानवबेचबिखन रोकथामका प्रभावकारी योजना ल्याउनुपर्नेमा विद्यमान कानुन कार्यान्वयनमा जोडदिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक टेकराज शर्माले मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा नाकामा २४ सै घण्टा सेवा देखि सचेतनाका कार्यक्तममा जोडदिए । उनले विश्वभरी मानव बेचबिखनको समस्या भएकाले रोकथामका लागि समुदायदेखि सरकार सबै सकृय हुनुपर्नेमा जोडदिए ।

महिला बालबालिका क्षेत्रमा कार्यरत महिला अगुवा जानकी चन्दले सरोकारवालाको संयुक्त प्रयासबाट मानव बेचबिखन रोकथाम गर्न सकिने भएकाले समन्वय आवश्यक रहेको बताईन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज