Advertisement

मौलिक पहिरन जगेर्ना गर्न मेची–महाकाली यात्रा

नेपाली महिलाको मौलिक पहिरन गुन्यो चोली हराउँदै गएको हुँदा गुन्यो चोलीको जर्गेना गर्ने मनसायले साहसी महिला शुशिला उप्रेती तिवारीले बुलेट मोटर साइकलमा मेची देखि महाकाली यात्रा गरेकी छन् । तिवारीले भदौं ५ गते मेचीको बुद्धशान्ति गाउँपालिका बाट बिहान ९ बजे शुरु गरेको यात्रा भदौं ९ गते महाकालीको कञ्चनपुर जिल्ला स्थित गड्डाचौकीमा नेपाली झण्डा गाडी आफ्नो यात्रा सफल पारेकी हुन् ।

उनले भनिन् ‘हाम्रो परापूर्वक काल देखि चलिआएको हाम्रो पहिरन गुन्यो चोली लोप हुन लागेकोले यसको जगेर्ना हामी सबैले गर्नु पर्छ । यसैको लागि मैले मेची देखि महाकाली सम्म गुन्यू चोलो लगाएर मेची महाकाली यात्रा गरेकी हु, हाम्रो संस्कृति हाम्रो पोसाक हाम्रो धरोहर हुन त्यसैले यसलाई जगेर्ना गर्नुको साथै सबैले प्रयोगमा ल्याउनु पर्छ ।’ झापा बुद्धशान्ति ३ बस्ने तिवारी साहसी महिलाको रुपमा चिनिन्छन् । उनले मोटरसाइकल बाट गरिने विभिन्न साहसी खेलमा भाग लिएकी छन् । एउटा महिलाको लागि यो वर्षाको समयमा बुलेट मोटरसाइकलमा मेची–महाकालीको यात्रा गर्नु सामान्य कुरो होइन् ।

मेची–महाकाली यात्राको टिमलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुको साथै कञ्चनपुरको विभिन्न क्षेत्रको अवलोकन गराएकी थिइन् । श्रेष्ठले भनिन्, हामी आधुनिक देखिने होडमा, हाम्रो संस्कृति र हाम्रो पहिचान कतै हराउँदै गएको होकि यसको जगेर्ना गर्नको लागि वहाँको मेची–महाकालीको यात्रा सराहनीय छ ।’

तिवारीलाई यस मेची-महाकाली यात्रामा सहयोग गर्न २ जना मोटर साईकल र ४ जना स्कारपियो गाडीमा आएका थिए । सहयोगीहरुमा मनिश मैनाली, कुशल कार्की, विशाल तिवारी, गणेश सापकोटा, ईन्दिरा सापकोटा र केदार सापकोटा रहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज