Advertisement

बडुवाल टोलमा जंगली हात्तीको बथानले एकै रातमा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली स्वाहा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का चमेली नेपाली रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने चमेली नेपाली आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । भारतको उत्तराखण्ड संग जोडिएको बस्ती बडुवाल टोलमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित बनाएको छ् । आईतवार २०/२५ वटा हात्ती बस्तीमा पसेर उपद्रो मच्चाएपछि चमेली र उनका घरपरिवार रातभरी सुत्न नपाएको चमेलीले बताउनुभएको छ् । बडुवाल टोलका लागि चमेली एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब एक सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरी काम गरेर राती समय आराम गर्ने बेलामा जंगली हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् ।

जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडुवाल टोलका स्थानियबासी बल बहादुर सुनारको भनाई रहेको छ् । दिउसै आएको जंगली हात्तीले बस्तीमा पसेर अन्नवाली खाएर, उधनेर नष्ट गरेको उहाँले बताउनुभएको छ् । खेतीवाली लगाएको बेला सुत्न पनि नपाउने र खेतको अन्नवाली खान पनि नपाउने गरेको स्थानियबासी बल बहादुर सुनारले बताउनुभएको छ् । हात्तीले गर्दै आएको क्षतीको बिषयमा स्थानिय सरकारको प्रयास रहेपनि प्रदेश सरकार र संघिय सरकारले जंगली हात्तीले बस्तीमा गर्दै आएको क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको बल बहादुर सुनारको भनाई रहेको छ् ।

रातभरी बस्तीमा पसेर उपद्रो मच्चाएको हात्ती बिहान पख मात्रै जंगल तिर गएको उहाँले बताउनुभएको छ् । हात्तीको ठुलो बथान आएर घर नजिक खेतवारीमा लगाएको धान तथा मकैवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियबासीको भनाई रहेको छ् । नेपाल—भारत संग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन स्थानियबासीहरुले अनेकौं उपाय गर्दै आएपनि सार्थक नभएपछि वर्षेनी बस्तीमा स्थानियहरुले रकम संकलन गरि गणेश भगवानको पुजा आराधान गर्ने गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा बडुवाल टोलबासी लक्ष्मी राना क्षेत्रीले एक सातामा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली जंगली हात्तीले खाएर, उधनेर नष्ट गरेको बताउनुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज