Advertisement

बडुवाल टोलमा जंगली हात्तीको बथानले एकै रातमा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली स्वाहा

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का चमेली नेपाली रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने चमेली नेपाली आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । भारतको उत्तराखण्ड संग जोडिएको बस्ती बडुवाल टोलमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित बनाएको छ् । आईतवार २०/२५ वटा हात्ती बस्तीमा पसेर उपद्रो मच्चाएपछि चमेली र उनका घरपरिवार रातभरी सुत्न नपाएको चमेलीले बताउनुभएको छ् । बडुवाल टोलका लागि चमेली एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब एक सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरी काम गरेर राती समय आराम गर्ने बेलामा जंगली हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् ।

जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडुवाल टोलका स्थानियबासी बल बहादुर सुनारको भनाई रहेको छ् । दिउसै आएको जंगली हात्तीले बस्तीमा पसेर अन्नवाली खाएर, उधनेर नष्ट गरेको उहाँले बताउनुभएको छ् । खेतीवाली लगाएको बेला सुत्न पनि नपाउने र खेतको अन्नवाली खान पनि नपाउने गरेको स्थानियबासी बल बहादुर सुनारले बताउनुभएको छ् । हात्तीले गर्दै आएको क्षतीको बिषयमा स्थानिय सरकारको प्रयास रहेपनि प्रदेश सरकार र संघिय सरकारले जंगली हात्तीले बस्तीमा गर्दै आएको क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको बल बहादुर सुनारको भनाई रहेको छ् ।

रातभरी बस्तीमा पसेर उपद्रो मच्चाएको हात्ती बिहान पख मात्रै जंगल तिर गएको उहाँले बताउनुभएको छ् । हात्तीको ठुलो बथान आएर घर नजिक खेतवारीमा लगाएको धान तथा मकैवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियबासीको भनाई रहेको छ् । नेपाल—भारत संग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन स्थानियबासीहरुले अनेकौं उपाय गर्दै आएपनि सार्थक नभएपछि वर्षेनी बस्तीमा स्थानियहरुले रकम संकलन गरि गणेश भगवानको पुजा आराधान गर्ने गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा बडुवाल टोलबासी लक्ष्मी राना क्षेत्रीले एक सातामा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली जंगली हात्तीले खाएर, उधनेर नष्ट गरेको बताउनुभएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज