Advertisement

बाढी प्रभावित विद्यार्थीहरुको लागि शैक्षिक सामग्री सहयोग

दोधारा । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बेलडाँडी गाँउपालिकाको समन्वयमा शैक्षिक सिकाई निरन्तरताका लागी गाँउपालिकाका १४ वटा बाढी ग्रस्त सामुदायिक विद्यालयका झण्डै १३ सय विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बेलडाँडी गाँउपालिकामा रहेको १४ वडा बाढी ग्रस्त सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन गर्ने झण्डै १३ सय विद्यार्थीलाई कापी, कलम, पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री साथै शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले करिब ३२ लाख ६३ हजार बराबरको सामग्री सहयोग गरिएको बताउनुभयो । संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले यस अघि पनि संस्थाले सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा २२ विद्यालयहरुलाई शिक्षक अध्यापन सामग्री र बाल विकास कक्षा संचालनका लागि अध्यापन सामग्री साथै बाढी ग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ विद्यालयका झण्डै १७ सय विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताउनुभयो ।

बेलडाँडी गाँउपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले गत असार २२ गते देखि २४ भएको वर्षा पछि आएको बाढीले विद्यार्थीहरुको कापी, किताब लगायत शैक्षिक सामग्री बगाएको, भिजेकोले पठन–पाठनमा अवरोध भएको बताउनुभयो । उहाँले एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनले बालबालिकाहरुको शैक्षिक निरन्तरताको लागि शैक्षिक सामग्री सहयोग गरेकोमा दुवै संस्थालाई धन्यवाद दिनुभयो । उहाँले यस अघि पनि एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियले ६ सय ३९ बाढी प्रभावित परिवारलाई छोटो समयमा नै राहत वितरण कार्य गरि सहयोग गरेको बताउनुभयो । उहाँले गाँउपालिकामा एनएनएसडब्ल्यूएले विपद् व्यवस्थापन लगायत अन्य विभिन्न क्षेत्रहरुमा काम गर्दै आएको र आगामी दिनहरुमा पनि साथ सहयोगको लागि अपेक्षा गर्नुभयो ।

बाढी आएको बेला घरमा रहेको कापी, किताब, पोशाक बगाएर पढाई अवरुद्ध भएको अवस्थामा संस्थाले गरेको सहयोग पछि आफ्नो पठन–पाठन पुन: सुचारु गर्न सकिने भन्दै विद्यार्थीहरुले निकै खुशी महसुस भएको बताएका छन् । कञ्चनपुरमा गत असार महिनामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा पछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडााडी गाँउपालिका र लालझाडी गाँउपालिकामा ठुलो बाढी आएको थियो । साथै बाढीका कारण हजारौं परिवार विस्तापित भएका थिए ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावित परिवारलाई खाद्यान्न, गैर खाद्य सामग्री, बहुप्रयोजनका लागि नगद साथै प्रभावित विद्यार्थीहरुलाई अध्ययन अध्यापन सामग्रीहरु सहयोग गर्दै आएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज