Advertisement

नेपाल राष्ट्रिय समाज कल्याण संघको २५ औँ वार्षिक साधारण सभा

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ।शुक्रबार एनएनएसडब्ल्यूएको केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप–कुलपति प्रा.डा. हेमराज पन्त रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूए–ले विगत ३५ वर्षदेखि ‘थ्री डी’ अर्थात् जातीय विभेदमा पारिएका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडी परिएका समुदायहरू, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, प्राकृतिक विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताउनुभयो।

उहाँले सभ्य समाज निर्माण गर्न आवश्यक रहेको बताउँदै हाल संस्थाले विभिन्न परियोजनाहरूमार्फत् यी क्षेत्रमा विकासमूखी कार्य गरि समाज रूपान्तरणमा नेतृत्वदायी भूमिका खेलेको बताउनु भयो।

उहाँले संस्था नयाँ रणनीतिका साथ अगाडी बढ्ने योजनामा रहेको बताउनुभयो। उहाँले संस्थाले आर्थिक पारदर्शीतालाई ध्यानमा राखि हरेक क्रियाकलापहरू डिजिटल रूपमा गरिरहेको बताउनु भयो । उहाँले समतामुलक समाज निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सँगै शैक्षिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप-कुलपति प्रा.डा. पन्तले शिक्षा, स्वास्थ्य, वातावरण, कृषि क्षेत्रमा संस्थाले गरेको कामको प्रशंसा गर्नु भयो। उहाँले यी क्षेत्रहरू सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि क्षेत्र भएकाले यस्ता कार्यक्रमहरूमा एनएनएसडब्ल्यूएसँग सम्झौता गरेर काम गर्नका लागि विश्वविद्यालय तयार रहेको बताउनु भयो।

संस्थाले विगत तीन दशकदेखि हरेक क्षेत्रमा पछाडी परेका समुदायको उत्थान गर्न काम गरिरहेको प्रति सराहना व्यक्त गर्दै आगामी दिनहरूमा संस्थाको थप प्रगतिको कामना गर्नुभयो।

कार्यक्रममा संस्थाका महासचिव रूपा कौशल परियारले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष कबिता भट्टले आर्थिक वर्ष २०७८०र८१ को आय-व्यय सहितको वार्षिक बजेट विवरण प्रतिवेदन पेश गर्नुभएको थियो।

कोषाध्यक्ष भट्टले १० वटा परियोजना, एनएनएसडब्ल्यूएको संस्थागत कोष तथा आउने सम्भावित परियोजनाहरू गरी चालु आर्थिक वर्ष २०८१र८२ लागि १६ करोड ८३ लाख, ३३ हजार ८९१ रूपैँया बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो।

साधारण सभाबाट संस्थाको वार्षीक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित भएको छ। त्यसैगरि सन् २०२३ मा निर्माण भएका तथा संशोधन भएका नीतिहरू साथै कार्य समितिले गरेका निर्णयहरूलाई अनुमोदन गरिएको छ।

संस्थाका सचिव सुरेश परियारले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कर्मचारीहरूले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य समेटी तयार पारिएको स्वागत गीत प्रस्तुत गरेका थिए। त्यसैगरी अध्यक्ष माया देवी सार्की र संस्थाका कार्यक्रम संयोजक राजकुमार सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कार्यसम्पादनको उच्च मूल्याङ्क गर्दै कुष्ठरोग रोकथाम परियोजनाका कुष्ठरोग सुपरभाईजर मानबहादुर महरा संस्थाको सर्वोत्कृष्ट कर्मचारी २०२४ घोषित हुनुभएको छ।त्यसैगरि रिमा खनाल, कृष्णराज भट्ट, लोकेन्द्र सिंह धामी, भीमबहादुर बुढा, लोकराज ओझा, समिक्षा खत्री गुरूङ्ग, गणेश सिंह ठगुन्ना, दिपक कुमार परियार, हेमा चौधरी परियोजना सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित भएका छन्।

संस्थाले विपद व्यवस्थापन तथा मानवीय कार्यमा अतुनलीय योगदान पुऱ्याएको भन्दै उत्थानशील युवा सञ्जालबाट सिया बिक र ममता मगरलाई पनि सम्मानित गरेको छ। कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज