Advertisement

सीमामा बग्दै नेपाली भूमि, अठार नम्वर पिल्लर बस्ती जोगाईदिन सरकार संग माँग

पप्पु गुरुङ्ग, दोधारा । जगबुडा नदीको जग्गा कटान प्रभावितहरुले बस्ती जोगाइदिन सरकार संग माँग गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीको कटानीको कारण उच्च जोखिममा छ् । हाल स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले उक्त बस्ती जोगाउन अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरेको छ् । उक्त स्थानमा पक्की तटबन्ध निर्माण गरी सो क्षेत्रको उर्वरक भुमीको साथै बस्ती जोगाईदिन हुन अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकार संग माँग राखेका छन् । भारतको अधिनमा रहेको जगबुडा नदीले हिउद र वर्षा दुबै समयमा नदीले कटान तीव्र पार्दै आएको हुदा बस्ती अतिनै जोखिममा परेको स्थानियबासी सन्त बहादुर सुनारले बताउनुभएको छ् । भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती बिस्तापित भए भारतियहरुले जग्गा अतिक्रमण गर्ने उहाँले बताउनुभएको छ् । स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले बस्ती जोगाउन निकै प्रयत्न गर्दै आएपनि प्रदेश सरकार र संघिय सरकारले अठार नम्वर पिल्लर बस्ती जोगाउन बजेट बिनियोजन गर्नु पर्ने स्थानियबासी सन्त बहादुर सुनारको भनाई रहेको छ् ।

केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो । बाढीको कारण बस्ती बिस्तापित भए, भारतले अठार नम्वर पिल्लर बस्तीको जग्गा अतिक्रमण गर्ने पक्का भएको स्थानियबासी गणेश सुनारको दावी छ् । सिमा क्षेत्रमा रहेको भुमी अठार नम्वर पिल्लर बस्तीका ८ घरधुरीले बचाउदै आएको बताउनु हुदै स्थानियबासी गणेश सुनारले तत्काल भारतिय अतिक्रमणबाट नेपाली भुमी बचाउन अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण गर्नु अपरिहार्य भएको बताउनुभएको छ् । जगबुडा नदीले कटानी गर्दै नदी घर आंगनमा पुग्न थालेको बारेमा जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको उहाँको गुनासो छ् । बस्तीलाई नदी कटानीबाट जोगाउन पक्की तटबन्ध नभएकै कारण नदीले जग्गा कटानी गरि बस्ती नजिक नदी पुगेको गणेश सुनारले बताउनुभयो ।

जगबुडा नदीले तीव्र रुपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ती निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायहरुको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बस्तीका अर्का स्थानिय सरस्वती भाट बताउनुहुन्छ् । जगबुडा नदी संगै बस्ती नजिक बग्ने नालाले समेत जग्गा कटानी गरेको उहाँले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको सरस्वती भाटको भनाई रहेको छ् ।

स्थानिय सरकारले पक्की तटबन्ध निमार्ण गर्न नसक्ने भएपछि झण्डै एक साता देखि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु संघिय सरकारका मन्त्रालयमा नदी कटानको समस्या लिएर बिभिन्न मन्त्रालयहरु धाउदै आउनुभएको छ् । आठ घरधुरी बसोवास गर्ने अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको सबै थोकमा भारतीय बजार संग सम्बन्ध छ्  ।

नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको कलह भएपछि भारतीय ग्राम पञ्चायतमा उनीहरु धाउने गर्दछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज