दोधारा । बिहिवार दोधाराचाँदनी-२ कि २६ बर्षिया हिरा कुमारी शाहको ज्यान लिने बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ ।
बिहान साढे ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई डार्ट गरि नियन्त्रणमा लिएको जनाईएको छ ।
बुधवार बस्ती पसेको बाघले हिजो बिहान हिराको घाँस काट्ने क्रममा ज्यान लिएपछि नियन्त्रणमा लिने प्रयास भएको थियो ।
बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लगाउने जनाईएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।