बाघको आक्रमणबाट अस्ताइन् ‘हिरा’, २ वर्षे बालक विचल्लीमा
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले प्राविधिक टोलीले हात्तीसहितको डार्ट राखेर बाघलाई नियन्त्रणमा लिइएको बताए।
बिहीवार बिहान सोही उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जको टोली पनि बाघ खोज्न त्यहाँ पुगेको थियो। दुवै टोलीले एक दिनपछि मात्रै बाघलाई नियन्त्रणमा लिन सकेको हो।
बाघलाई अ...














