दोधारा । माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट एक किशोर, किशोरीको उद्धार गरिएको छ् । नवल परासी, नारायणी, नगरपालिका बस्ने एक १८ वर्ष एक किशोरी र भारत बस्दै आएका अन्ताजी वर्ष १८ का एक किशोरलाई भारत जान लागेको अवस्थामा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल (नेपाल–भारत सिमा क्षेत्रमा) सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलका ईन्चार्ज धन बहादुर चन्दको टोलीले रोकेको थियो । उनिहरुलाई भारत जान लागेको अवस्था सिमा क्षेत्रमा सोधपुछको क्रममा रोकेको सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलले जनाएको छ् ।
भारत जान लागेको किशोर र किशोरीलाई सशस्त्र प्रहरीले रोकेर माईती नेपाललाई जिम्मा लगाएको हो । भारत जान हिडेका किशोरी र किशोरलाई दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट दुबैलाई उद्धार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । उद्धार गरिएको किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ् भने किशोरीलाई माईती नेपाल कञ्चनपुरको संरक्षणमा छिन् ।
भारत जान भनी हिडेका बेला बेचबिखनको जोखिममा पर्न सक्ने भएको हुदा सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।