Advertisement

दोधारा चाँदनीका बाढी पिडितलाई युनिक सनराईज स्कुलको सहयोग

दोधारा । युनिक सनराईज ईग्लिस स्कुलले दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई लागी आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ् । युनिक सनराईज ईग्लिस स्कुलका प्रधानध्यापक, शिक्षकहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयका पुगेर नगर प्रमुख किशोर कुमार लिम्बु तथा नगरपालिकाका कर्मचारीहरुलाई भेट गरि बिद्यालयका प्रधानध्यापक, शिक्षकहरुबाट संकलन गरिएको रु. ४० हजार नगद रकम नगर प्रमुख किशोर कुमार लिम्बुलाई हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले स्थानियहरुमा ठुलो धनमालको क्षती बनाएको भन्दै नगर क्षेत्रमा बसोवास गर्ने स्थानियहरुको सहयोगार्थ उक्त रकम नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बुले जानकारी दिनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थुप्रै स्थानियहरुको खेतीवाली, खाद्यान्न, भाडाकुडा, लत्ताकपडा बगाएर लगेको अवस्थामा आफ्नो बिद्यालयले केही गर्नु पर्छ भन्ने उद्धेश्यले सहयोग गरिएको प्रिन्सपल सुमित्रा खड्का लिम्बुले बताउनुभएको छ् ।

युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बु, शिक्षक सागर राना, उत्कर्ष जोशी, अर्जुन शर्मा, सुमित खड्का, राजेन्द्र साँउद, बिष्णा ओझा, हेमा बस्नेत, प्रियंका खड्का, प्रिया लिम्बु, सृजना चन्द, सन्तोषी उपाध्याय, सपना चन्द, शोभा सुनार लगाएतहरुबाट उक्त रकम संकलन गरिएको युनिक सनराईज ईग्लिस स्कुल दोधारा चाँदनीले जनाएको छ् ।

युनिक सनराईज ईग्लिस स्कुलबाट प्राप्त रकमलाई विपद् ब्यवस्थापन कोषामा जम्मा गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज