Advertisement

अस्थायी तटबन्ध बनाउन कस्सीए सुन्दरनगरबासी, मेयर लिम्बु र वडाध्यक्ष रोकाया पनि खटिए

दोधारा । बस्तीलाई बाढीबाट जोगाउन सुन्दरनगरबासीहरु अस्थायी तटबन्ध निमार्ण गर्न आफै कस्सीएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगर बस्तीलाई बाढीबाट जोगाउन स्थानियबासीहरु संग जनप्रतिनिधीहरु अस्थायी तटबन्ध निमार्ण कार्यमा आज बिहानै देखि श्रमदान गर्न थालेका छन् । तारजाली बाँधेरमा बोरामा बालुवा हालेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढी सुन्दरनगर बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छन् । फेरी बाढी आएपछि बस्तीमा पानी नपसोस भनेर अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो सुन्दरनगर बस्तीमा पसेपछि स्थानियहरुलाई ज्यान बचाउन सकस भएको बताउनुभएको छ् । पानी बस्तीमा पस्न रोक्नको लागी हालको लागी अस्थायी तटबन्ध निमार्ण कार्य अघि बढाईएको वडाध्यक्ष रोकायाले बताउनु भएको छ् । बस्तीको सबै भन्दा होचो भाग भएको हुदा सो क्षेत्रमा अस्थायी तटबन्ध बनाए बस्तीमा पानी नपस्ने उहाँले बताउनुभएको छ् । स्थानियहरुको जनश्रमदान र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा अस्थायी तटबन्ध निमार्ण कार्य सुर गरिएको उहाँको भनाई रहेको छ् ।

नेपाल सरकारले तत्काल पक्की तटबन्ध बनाउनु पर्ने माँग राख्दै स्थानियबासी कमला भण्डारी खड्काले बस्ती जोगाउन सबै मिलेर अस्थायी तटबन्ध निमार्ण कार्य गर्न लागेको बताउनुभएको छ् । अस्थायी तटबन्ध निमार्ण कार्यमा नगर प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम प्रकाश रोकाया र स्थानियहरुको उत्साहजनक उपस्थिती रहेको उहाँको भनाई रहेको छ् । स्थानियबासी, सामुदायिक विपद् व्यस्थापन समितिका टोली र जनप्रतिनिधीको टोलीले अस्थायी तटबन्ध निमार्ण कार्यमा जनश्रमदान गरेको कमला भण्डारी खड्काको भनाई रहेको छ् ।

दोधारा चाँदनी ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडा बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको छ् ।

यस्तै बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज