Advertisement

बाढीबाट बिस्तापित अझै बिद्यालयमा बास, नगरपालिकाले बिस्तापितको ब्यवस्थापन गर्ने

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीका बाढीपिडितहरु अझै सम्म बिद्यालय आश्रय लिएर बस्दै आएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका वाढी पीडित अझै विद्यालयमा (आश्रय स्थल) लिएर बस्दै आएका छन् । जगबुडा नदी बस्तीमा उर्लिएपछि पटरा खल्लाका २७ परिवार विस्थापित भएका हुन् । बस्तीमा वाढी पसेपछि घर भित्र हिलाम्मे भएर घर क्षति देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । विस्थापित परिवार अझै पनि नजिकैको जमुना आधारभूत विद्यालयमै बसेका छन । २७ परिवार मध्ये १६ परिवार विद्यालयमै आश्रय लिएर बसेका हुन । भने १० परिवार आफन्त र छिमेकीको घरमा बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको बाढीपिडित मानमती गौर बताउनुभएको छ् । वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाईदिएपछि उनिहरु रातीका बेला ज्यान जोगाउनै समस्या भएको उहाँले बताउनुभएको छ् ।

विस्थापित भएपछि नगरपालिका र बिभिन्न गैरसरकारी संस्थाहरुले राहत दिएको मानमती गौरको भनाई रहेको छ् । वाढी पीडित मानमती गौरले राती जगबुढा नदी बस्ती पसेपछि लालाबाला सहित जोखिम मोलेर उचो भागमा आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पटरा खल्लाको बाढीबाट क्षती बनाएको भौतिक संरचनाको स्थालगत अनुगमन गर्नुभएको छ् । बाढीले प्रभावित भएका स्थानियहरुको अवस्था बुझ्न नगर प्रमुख लिम्बु पटरा खल्ला पुगेर स्थानियहरु संग भेट गर्नुभएको हो ।

पटराखल्ला नदीकै सतह संग समान उचाईमा रहेकाले हरेक बर्ष वाढीको चपेटामा पर्ने भएकाले एकीकृत नमुना बस्ती बनाएर उनीहरुको पुर्नस्थापना गर्ने योजनामा नगरपालिकाले सरोकारवालाहरु संग समन्वय तथा छलफल गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

वर्षायाममा हुने बाढीको चपेटाबाट स्थानियहरुको धनमाल तथा मानविय क्षतीलाई रोक्न हालको लागी जमुना आधारभुत बिद्यालयको अग्लो खाली रहेको जग्गामा हाललाई अस्थायीरुमा बाढीपिडितहरुको ब्यवस्थापन गर्ने तयारीमा नगरपालिका कार्यालय जुटेको उहाँको भनाई रहेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज