रामेछाप । नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको सदस्य नेतृ सितामाया मोक्तानले सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उमेदवार दर्ता गराएपछि मोक्तानले सुनापति न्युज डटकमसँग भने, आफु लामो समय देखी नेकपा माओवादी पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि मोक्तानले बताए। गाउँपालिकाको उपाध्यक्षमा आफुले जितेमा गाउँपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न तयारी रहेको समेत मोक्तानले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।