Advertisement

बबरमान तामाङको सभाध्यक्षमा सुनापतिमा १४ जना जेष्ठ नागरिक सम्मानित

रामेछाप। सुनापति गाउँपालिका वडा नं. ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

स्ह्यार गुम्बाको आयोजनामा सुनापति गाउँपालिका वडा नं. ३ स्थित साविक वडा नं. २ को १४ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ। यसैबीच गुम्बाले ८० वर्षदेखि माथिका ३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मानित गरेको हो ।सो अवसरमा स्ह्यार गुम्बा निर्माणको लागि जग्गादाता ज्ञानीमाया तामाङ, गुम्बा निर्माण कमिटीका अध्यक्ष प्रेमबहादुर तामाङलाई  दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मान गरिएको थियो । 

स्ह्यार गुम्बाका अध्यक्ष बबरमान तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा श्रेद्धय धर्मगुरु देलेक स्याक्या लामा प्रमुख अतिथी रहेका थिए । कार्यक्रमका विशेष अतिथी सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङ, नेपाली कांग्रेस सुनापति गाउँपालिकाका उपसभापति मिलन मोक्तान, सुनापति गाउँपालिका पशु विभाग प्रमुख खड्क कुमार मैनाली, महिला विभाग प्रमुख उर्मिला दाहाल, पञ्जिकरण विभाग प्रमुख लक्ष्मी मगर, डम्फु संघका उपाध्यक्ष धन कुमारी तामाङ, बौद्ध जागरण केन्द्रका सदस्य केशरी स्याङवो, कुमारी लामा, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेका थिए ।

कार्यक्रममा सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जेष्ठ नागरिकको सम्मान र प्रोत्साहनका लागि सदैव तत्पर रहेको बताउँदै जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने बताए। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष बाबुराम तामाङले जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले एक दिन मात्रै नभएर जेष्ठ नागरिकलाई सधैं सम्मान गर्नुपर्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै गुम्बाका  अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष बबरमान तामाङले समाजमा इतिहासका रुपमा हेरिँदै आएका जेष्ठ नागरिक  परिवार र  समाजका गहना भएकोले सबैले जेष्ठ नागरिकहरुलाई आदर र सम्मान गर्नुपर्ने बताए । 

स्ह्यार गुम्बाको  प्रागानमा भएको धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै जेष्ठ नागरिक सम्मान कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू नवराज घोरासैनी, आशा लामा (ज्ञानमाला)  सूर्यमणि आचार्य, राजेन्द्र गिरि (जादुगर), सुनिता सुनेल, अरुन लामा, रोजी थापाको बेजोड प्रस्तुति दिएका थिए भने, कार्यक्रम सञ्चालक प्रवीन कुमार बलले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज