नयाँ खबर
महेन्द्रनगर । काँग्रेसको दोधारा चाँदनी नगर सभापतिमा लोक बहादुर चन्द चयन भएका छन् । १५ औं महाधिवेशन अन्र्तगत बुधबार नगर अधिवेशनबाट चन्द निर्विरोध नगर सभापति भएका हुन् ।
अधिवेशनबाट नगर उप सभापतिमा माया कुमारी पुन मगर र गगन बहादुर सिंह, सचिवमा कुशाल सिंह साउद र सह सचिव सुशिल राना मगर चयन भएका छन्।
नगर समितिको युवा सदस्यमा भरतबहादुर क्षेत्री चयन भएका छन् । निवर्तमान नगर उप सभापति रामकृष्ण जोशीको सभापतित्वमा गरिएको उद्घाटनमा केन्द्रीय सदस्य सन्तोषी साउद ऐरी प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री बेलबहादुर राना, काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य कृष्ण पाठक, महा समिति प्रतिनिधि जगबहादुर चन्द, जिल्ला सहसचिव नाफु सिंह साउद, पूर्व जिल्ला सदस्य जसराज गिरी लगायत लगायत नेता सहभागी भएका छन् ।
नगर समितिका नव निर्वाचित सभापति चन्दले दोधारा चाँदनीमा पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउने बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।