शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू
महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्नामा परेका छन् । महेन्द्रराजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनीमा चित्तलसंग तिन ओटा मोटरसाईकल ठोकिदा चित्तलको घट्नास्थलमै मृत्यू भएको हो ।
सो दुर्घटनामा दुर्घटनामा दुइ जना घाइते भएका छन् भने दुई मोटरसाइकलका चालकलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।
सोमबार बेलुका करिब ४ बजे धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेका तीन वटा मोटरसाइकल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सडक पार गर्दै गरेको चितलसँग ठोक्किएका थिए।
सो दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००४ प ७७५५ नम्बरको मोटरसाइकलका चालक सुन्दर भट्ट र पछाडि सवार उनकी श्रीमती गंगादेवी भट्ट घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश ०१०–११ प ६४०७ र सुदूरपश्चिम प्रदेश ०२–००४ प ३८४२ नम्बरका मोट...












