Advertisement

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार माथि टायल(खपरेल)ले छाएको छाप्रो देख्नमै गोठ जस्तो लाग्ने तर त्यही चुहिने छाप्रो पारुली देविको ओतलाग्ने एकमात्र ठाँउ हो । छाप्रोभित्रबाट आमा ! आमा ! भनेको अस्पष्ट आवाज सुनिन्छ । उक्त घरको आगनमा नत खानेपानी धारा देखिन्छ नत नल जोडेको । छाप्रो वरपर हेर्दा अभावै अभाव छ भन्ने कुरा ठम्याउन जोकोहिलाई पनि गाह्रो हुदैन् । आमा ! आमा ! भनेरको जस्तो अस्पष्ट सुनिने आवाज छाप्रोभित्र पसेपछि मात्र थाहा हुन्छ । १६ बर्षको किशोर कपडाविहिन(नांगै) भूईमा लम्पसार परेको दृष्य । देख्नै टिट लाग्ने, आयुस लुहार ! आयुस पारुलीदेविका नाति हुन् । उनी जन्मेपछि हालसम्म उठ्न सकेका छैनन् । लत्ता कपडा लगाई दिए फालि दिन्छन् । उनी हालसम्म आमा शब्द बाहेक अरु शब्द बोल्नसकेका छैनन् ।

कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ५ मा पर्ने खजुवा र गर्जमिनी गाँउको सिमानामा रहेको छाप्रोमा ३७ बर्षदेखि बस्दै आएकी पारुलीदेवि लुहारलाई देशमा सरकार छ कि छैन ? अत्तोपत्तो छैन् । तर उनलाई जीवनमा आएका उतार–चढाव भने राम्ररी थाहा छ । विवाह भएको ५/६ बर्षमै श्रीमान गुमाकी असी बर्षिया पारुली सहज जिविकोपार्जनका लागि २०४६ सालतिर बैतडीको पुर्चौडी नाकालीबाट दुई छोरा र छोरी सहित तीन सन्तान बोकेर तराई झरीन् । पारुलीदेवि खजुवामा एक कट्टा जग्गा किनेर बसोबास गर्न थालिन । पति वियोगको पिडा सहेर ज्याला मजदुरी गर्दै सन्तान हुर्काएकी उनलाई सुखका दिन कसो नआउलान भन्ने लाग्थ्यो ।
जसोतसो हुर्काएका दुई छोरा लक्ष्मण र जित्तुको विहेवारी भएपछि अलग अलग बस्न थाले । छोराहरु अलग अलग बस्न थालेपछि पारुलीदेवि कान्छा छोरा जित्तुसंग बस्न थालिन् ।
उनका कान्छो छोरा–बुहारीबाट नाति जन्मियो । नाति जन्मिएको घरपरिवारमा खुसियाली हुनेपर्नेमा चिन्ता थपियो । अहिले तिनै आयुश १६ वर्षका पुगे । बिहीबार साँझ नयाँ खवरको टिम पुग्दा उनी घरभित्र नाङ्गै सुतेको अवस्थामा थिए । उनलाई उपचार गर्न धेरै अस्पताल लगेपनि उपचार सम्भव नभएको पारुलीदेविले बताईन् । ‘जित्तुले योलाई उपचार गर्न महेन्द्रनगर, मद्रास, बरेली लग्यो उपचार भयोनाई,’ उनले भनिन् ‘चेलो जिउनो छन्जयासम्म गरेको हो, पछा मद्रास एईको बुवा मरिगयो, ईसो छ, क्याद्धौ ।’ आयुशले भोक प्यास लागे आमा मात्रै भन्ने गरेको उनले बताइन् । भन्छिन्, ‘आमा आमा मात्रै भन्छ,पानी तिस लागे कि भोक लाग्यो कि ।’
नयाँ खवरको टिम उनको घरमा पुग्दा उनकी कान्छी बुहारी रेखा घर बाहिर थिइन् । उनी कान्छा छोरा रमितलाई उपचारका लागि अस्पताल लगेर गएकी रहेछिन् । ९ वर्षका रमित घाँटीमा पिप बग्ने समस्याबाट विगत ७ बर्षदेखि पीडित छन् । आर्थिक अभावले नाति रमितको राम्रोसंग उपचार गर्न नसकिएको पारुलीदेविले बताईन् ।

जेठो नाति आयुसबाट आशा मारेको परिवारमा आशा पलाउन नपाउदै अर्को बज्रपात प¥यो । रमित जन्मिएको वर्ष उनका बुवा जितुको मद्रासमा मृत्यु भएपछि बुहारी रेखा पनि सहारा बिहीन हुन पुगिन् । रमित बैजनाथ मावि कक्षा ५ मा पढ्दै आईरहेका छन् । यस बर्ष बढि विरामी भएका कारण विद्यालय पढ्न जानसकेका छैनन् ।
कान्छो नाति रमितका कारण पारुलीदेविले तव पनि आश मारिनन् । कान्छो नाति रमित पनि घाँटी समस्याबाट पीडित भएर विरामी भएपछि सासु बुहारी दुबै अप्ठेरो अवस्थामा छन् ।
‘पुुर्चौडी नकाली बिहे गरी आएको थिए, आए देखि यही बसे । मुले पाले ताले, श्रीमान पहाडमै बितेका हुन, एक कट्टा किने’ उनले भनिन्, ‘खोजेर खान त होला भनेर यहाँ आएको हो, यहाँ आएर त यसी ढप भै, कि लेखेर आइछु, भगवानसित रिस त आउँछ, आएर पनि के गरु ?’

उमेरले असि बर्ष पुगेकी पारुलीदेविको अनुहारमा बुहारीको पिडा र दुख प्रस्ट झल्कीन्थ्यो । बुहारीले पाउने भत्ताबाट कान्छा नाति रमितको उपचार खर्च गरि रहेको सासु पारुलीदेविले बताइन् । कान्छा रमितलाई लिएर अस्पताल गएपछि बुधबारदेखि उनी जेठाको हेरचाह गरिरहेकी छन् । ‘यो जन्मेदेखि नै यसो हो, उचाई सक्कुन्, बिसाइ सक्को, हगेको पुछ्छु, कोए फाल्छु, बुहारी कव आउने हो ? नाजाणे,’ उनले भनिन् ‘रोगले भन्नाले भन्दापनि ईनरा शोकले यसी भई हाले ।’
आयुशलाई उपचारका लागि जितुले भारतको मद्रास, कोहलपुर, बरेलीसम्म लगेर उपचार गराएको उनले बताईन् । जितुको मृत्यूपछि उपचारका लागि बाहिर लैजान नसकिएको उनले बताईन ।
बुढेशकालमा आफूले पाएको जस्तो दुःख कसैलाई पनि नहोस भन्ने सोचेको उनी बताउँछिन् । ‘दःुख त दुःख इसा दुःख कसैलाई न होउन,’ उनले आँखामा आँशु टिलपिलाउँदै भनिन् ‘मेरा त मेरा थे ए व्यहारीका ल यस्तै दुख छन् ।’
जित्तु वितेपछि घरव्यवहारको जिम्मेवारी सम्हालेकी बुहारीका पनि आफ्नै जस्ता समस्या भोगिरहेकी बताउदै पति वियोगमा विक्षिप्त बुहारीका पिडा शब्दमा बयान गर्ने प्रयास गरीन् ।
पारुलीदेवीका अनुसार बुहारी रेखा माइतीबाट पनि सहयोग पाउने आशमा छैनन् । माइती पनि कमजोर अवस्थाका छन् । ‘बुहारीपनि सानोमा उसकी फुपुको घरमा हुर्केकी हो मुले हो,’ उनले भनिन् ‘माईतमा आमाबुवा कोही छैनन ।’ अहिले उनी छोराको उपचारका लागि सबैसित सहयोगको याचना गर्दै आएकी छन् ।
जितुको मृत्युपछि आफू समस्यामा परेको परुलीदेविले बताइन् । ‘मागी बिहे नै गरेका हो, उतै मद्रास काम गथ्र्यो, उतै बितेको, उनले भनिन्, ‘ उ भएको भए यसि ढप मेरि कि हुने थिई ब ।’
लुहार परिवारका छिमेकी पशुपति बोहराले परिवारको अप्ठेरो अवस्था देखेर दुःख लाग्ने गरेको बताइन् । बोहराका श्रीमान पनि टाउको दुःख्ने पीडाबाट पीडित छन् ।
‘हामीलाई देखेर त गट्टो लाग्दो छ, नराम्रो लाग्छ, आफू हम पनि तसाई छौ, सहयोग गर्ने अवस्था हाम्रो पनि छैन’ उनले भनिन् ।
घरमा पानीको नल समेत नभएकाले छिमेकसित पानी मागेर खान्छन् । ‘घर बनाई दिए, पानीको नल हालि दिए, नातिको उपचार गरि दिए हुन्थ्यो’ उनले भनिन् ‘जले सहयोग ग¥यो उईको भगवानले भलो गरुन्, मेरो नातिलाई जसरी पनि उपचार गर्ने पैसा जुटाईदिनु बा ।’ पारुलीदेविले आफ्नो नातिको उपचारका लागि आर्थिक सहयोगको याचना गरीरहेकी छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज