
रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकाको वडा नम्बर – ४ स्थित बेथान भिरमा काठमाडौबाट हिलेदेवी तर्फ आउँदै गरेको प्रदेश नं.३-०१०२४ च १४४० नं.को डबल क्याबको बोलेरो गाडी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ३ जान सामान्य भएको छन् ।
भोली हुने नेपाली कांग्रेसको १४ औं गाउँ अधिवेशनको लागि आज काठमाडौंबाट हिलेदेवी तर्फ आउंदै गरेको प्रदेश नं.३-०१०२४ च.१४४० नं.को डबल क्याबको बोलेरो करिब ६ बजेतिर बेथान भिरमा अचानक सडकबाट करिब १ सय मिटर तल खस्दा गाडीमा रहेका पाँच जना घाइते भएको अस्थाई प्रहरी विट सुनापतिले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, हिलेदेवीकै शारदा खत्री, मेघ बहादुर खत्री, जय प्रकाश गौतम र चालक राम कुमार लामा रहेका छन् ।
दुर्घटनाका घाइते सबैलाई धुलिखेल अस्पतालमा लगिएको छ । दुर्घटना के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिएको जानकारी दिनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।