नयाँ खबर
महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकाको बीसौँ गाउँसभा अधिवेशन अन्तर्गत दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४६ करोड ५ लाख ९ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । गत आर्थिक वर्षको रु। ४४ करोड २२ लाख ९२ हजार ९९६ को तुलनामा यो बजेट रु। १ करोड ८२ लाख १६ हजार ४ ले बढी अर्थात् करिब ४।१२ प्रतिशतले वृद्धि भएको हो ।
गाउँसभा अध्यक्ष निर्मल रानाले सोमबार बिहान ९ः३० बजे गाउँसभाको बीसौँ अधिवेशनको दोस्रो बैठक विधिवत् रूपमा प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । २०८३ जेठ २९ गते सम्पन्न पहिलो बैठकबाट पारित विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकताका आधारमा दोस्रो बैठकका कार्यसूचीहरू अघि बढाइएको थियो ।
कार्यसूची नं। १ अनुसार गाउँकार्यपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम ( वार्षिक राजस्व र व्ययको अनुमानसहितको विस्तृत बजेट भाषण सभासमक्ष प्रस्तुत गर्नुभयो । बजेट प्रस्तुतिपछि सभाका सदस्यहरूले विकास प्राथमिकता, स्रोत परिचालन तथा सेवा प्रवाहका विषयमा आ(आफ्ना धारणा र रचनात्मक सुझाव राखेका थिए । प्राप्त सुझावलाई आवश्यक परिमार्जनमा समेट्ने प्रतिबद्धतासहित बजेट सभाबाट सर्वसम्मतिले पारित गरिएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल आय रु। ४६ करोड ५ लाख ९ हजार हुने प्रक्षेपण गरेको छ । आयतर्फ आन्तरिक आय रु. ८० लाख, संघीय वित्तीय समानीकरण रु। ९ करोड ५३ लाख, संघीय सशर्त अनुदान चालु रु। १५ करोड ४२ लाख, संघीय सशर्त अनुदान पूँजीगत रु। १८ लाख, संघीय विशेष अनुदान रु। १ करोड २० लाख, संघीय समपूरक अनुदान रु। २ करोड २९ लाख, संघीय राजस्व बाँडफाँड रु। ९ करोड ९९ लाख ४० हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकार समपूरक अनुदान रु। ९५ लाख ४१ हजार, विशेष अनुदान रु। ६६ लाख ५० हजार, वित्तीय समानीकरण रु। ८५ लाख ६९ हजार, प्रदेश राजस्व बाँडफाँड रु। ३१ लाख ९ हजार, स्थानीय राजस्व बाँडफाँड रु। १ करोड, प्रदेश सशर्त अनुदान रु। ७५ लाख तथा अन्य रकम रु। १ करोड समावेश गरिएको छ ।
व्ययतर्फ चालु खर्च रु। २५ करोड ७१ लाख ४९ हजार तथा पूँजीगत खर्च रु। २० करोड ३३ लाख ६० हजार विनियोजन गरिएको छ । वित्तीय व्यवस्था शीर्षकमा शून्य रकम राखिएको छ । सामाजिक सुरक्षा भत्ता सम्बन्धी बजेट भने यसमा समावेश गरिएको छैन ।
कार्यसूची नं। २ अनुसार आगामी आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषबाट रकम खर्च गर्ने कानुनी अख्तियारी सम्बन्धी “विनियोजन विधेयक, २०८३” माथि गहन छलफल भई सभाबाट सर्वसम्मतिले पारित गरियो ।
त्यसैगरी कार्यसूची नं। ३ अन्तर्गत गाउँपालिका क्षेत्रभित्र आगामी आर्थिक वर्षमा लागू हुने कर, गैर(कर, शुल्क तथा राजस्वका दर निर्धारण गर्न तयार गरिएको “आर्थिक विधेयक, २०८३” माथि दफावार छलफल गरी परिमार्जनसहित सर्वसम्मतिले पारित गरिएको छ ।
कार्यसूची नं। ४ अनुसार न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २२ बमोजिम चालु आर्थिक वर्षमा सम्पादन भएका विवाद निरूपण तथा मेलमिलापसम्बन्धी न्यायिक समितिको वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो । प्रतिवेदनमाथि संक्षिप्त छलफलपछि सभाबाट सर्वसम्मतिले पारित तथा स्वीकृत गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार आगामी बजेटमा लालझाडीको केरालाई ब्राण्डिङ गर्ने, युवामुखी स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गर्ने, अधुरा योजना सम्पन्न गर्ने तथा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणलाई तीव्रता दिने जस्ता महत्त्वपूर्ण कार्यक्रम समेटिएका छन् ।
यी कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । बैठकको अन्त्यमा गाउँसभा अध्यक्ष निर्मल रानाले बजेट, ऐन र प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्न सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै बीसौँ अधिवेशनको दोस्रो बैठक समापन भएको घोषणा गर्नुभयो ।
यसैबीच, लालझाडी गाउँपालिका को २०औँ गाउँ सभा तथा अधिवेशनको अवसरमा आर्थिक वर्ष २०८२र०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । उत्कृष्ट स्वास्थ्य संस्था तर्फ देखतभुली स्वास्थ्य चौकी प्रथम हुँदै नगद रु। ३ हजार ५०० सहित सम्मान पत्र प्राप्त गरेको छ । त्यसै गरी बाईसीबिचवा स्वास्थ्य चौकी दोस्रो हुँदै नगद रु। २ हजार ५०० तथा शङ्करपुर स्वास्थ्य चौकी तेस्रो हुँदै नगद रु। १ हजार ५०० सहित सम्मानित भएका छन् ।
स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीका अनुसार गाउँपालिकाभित्र रहेका ९ वटै स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरूलाई समेत सम्मान गरिएको छ । स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवाप्रति समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर स्वरूप गरिएको सम्मानले स्वास्थ्यकर्मीहरूमा थप उत्साह र जिम्मेवारी बोध बढाउने अपेक्षा गाउँपालिकाले गरेको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।