नयाँ खबर
कञ्चनपुर–सुदूरपश्चिम विश्वविद्यालयबाट दुई हजार ४ सय ८९ विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार सम्पन्न छैटौ दीक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न संकायका करिब अढाई हजार विद्यार्थीलाई दीक्षित गरेका हुन्।
विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित भएका हुन्। विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विभिन्न पदक प्रदान गरिएको छ।
दीक्षान्त समारोह साहित्यकार एवं शिक्षाविद् तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । २०६७ मा स्थापना भएको विश्वविद्यालयका १६ आंगिक र ३१ सम्बन्धन प्राप्त क्याम्पसमा २४ हजार बढी विद्यार्थी अध्ययनरत छन्।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।