नयाँ खबर
महेन्द्रनगर – नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत्कालीन अध्यक्ष डिबी बिष्ट र ललित सिंहले बराबर मत प्राप्त गरेका थिए। बराबरी मत आएपछि चिठ्ठा प्रक्रियामार्फत पहिलो र दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी बाँडफाँट गरिएको थियो।
चिठ्ठा प्रक्रियाबाट डिबी बिष्ट पहिलो १८ महिनाका लागि अध्यक्ष चयन भएका थिए भने अब उनको कार्यकाल समाप्त हुन लागेकाले ललित सिंहले बाँकी १८ महिनाका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्।
ललित सिंहको पदभार ग्रहण कार्यक्रम असार १ गते साेमबारका लागि तय गरिएको छ। यससँगै महासंघ बझाङले पूर्वनिर्धारित सहमतिअनुसार नेतृत्व हस्तान्तरण प्रक्रिया पूरा गर्न लागेको हो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।