नयाँ खबर
महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर्माण गरौं भन्ने मुल नाराका साथमा संञ्चालन गरीएको ५ दिने निःशुल्क योग विज्ञान शिविर बुधबार सम्पन्न गरिएको हो । आदर्श नेपालर आदर्श नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, कञ्चनपुर आदर्श नेपाल, शिव मन्दिर योग साधना केन्द्र पतंजलि योग समिति, कञ्चनपुर र महिला पतंजलि योग समिति, कञ्चनपुरको आयोजना रहेको उक्त शिविरबाट सयौ जनाले लाभ लिएको आयोजकले जनाएका छन् ।

कञ्चनपुर पतंजलि योग समिति, कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने योगलाई घरघरमा पु¥याउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समाजमा योग र आयुर्वेदको महत्व बढाउने अभियानका साथमा योग शिविरको आयोजना गरीएको बताए। जिल्लाका प्रत्येक स्थानीय तह, वडा तथा टोलस्तरसम्म योग विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सबै नागरिकलाई दैनिक जीवनमा योग अपनाउन आग्रह गरे । उनले योग र आयुर्वेदको प्रचार–प्रसारमार्फत स्वस्थ समाज निर्माणमा समिति प्रतिबद्ध रहेको बताए ।
”योग शिविरमा पतञ्जल योग समिति नेपालकी प्रखर विदुषी साध्वी श्रद्धेय देवकृपाले प्रशिक्षण गरेकी थिईन् । योग मानव जीवनका लागि अत्यन्त आवश्यक रहेको र नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने धारणा सहभागीहरुले व्यक्त गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।