Advertisement

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचारप्रसार अभियान तथा विभिन्न तालिम, अभिमुखिकरणमा व्यस्त हुनुपर्ने समय हो । तर भीमदत्त नगरपालिकाका अधिकांस सामुदायिक विद्यालय शिक्षक, व्यवस्थापन समिति अध्यक्षहरु नगरपालिकाको कार्यालय धाईरहेका भेटिन्छन् । केहि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरु एक महिनादेखि नै नगरपालिका कार्यालय धाउदै आएका छन् । कसैको व्यक्तिगत काम हुनपनि सक्छ ? तर उनीहरुमध्ये अधिकांसको चासो चिन्ता र नजर भने नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान सम्बन्धी अध्ययन विश्लेषण, सिफारिस गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले गरीरहेको अध्ययनमा रहेको बुझिन्थ्यो । चैत ८ गते गठन गरीएको कार्यदलले बैशाख ६ गतेसम्मको अध्ययन प्रतिवेदनका लागि समय पाएको भएपनि चैत ३० गते नै आफ्नो अध्ययन प्रतिबेदन बुझायो ।

लगत्तै नगरपालिकाले बैशाख ७ गते वेवसाईटमार्फत कार्यदलको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा कार्यदलको सल्लाहसहित तह घटुवा र समायोजन हुने विद्यालयको नामावली रहेको छ । विद्यालय मर्ज र तह घटुवा हुने विद्यालयका नामावली सार्वजनिक गरीएपछि भने अभिभावक, व्यवस्थापन समिति रुष्ट हुदै प्रतिवेदन कार्यन्वयन नगर्न माग राखिरहेका छन् ।
भीमदत्त नगरपालिका १० तिल्केनीको विष्णु मन्दिर आधारभूत विद्यालयको डाउन साइज गर्ने निर्णय पुनर्विचार गर्न अभिभावकहरुले निवेदन दिएका छन् । समायोजन सूचीमा राखिएका अधिकांस विद्यालय एमाले, नेकपालगायत दल निकट रहेका व्यक्ति व्यवस्थापन समिति र प्रधानाध्यापक छन् । ति विद्यालयहरुमा काग्रेसनिकट शिक्षक लाई प्रधानाध्यापक बनाउन तह घटुवा गरीएको आरोप उनीहरुको छ ।

काँग्रेस सम्बद्ध नेपाल शिक्षक संघ आवद्धलाई प्रधानाध्यापक बनाएर ती विद्यालय पठाउन लागिएको चर्चा व्यापक भएको छ । सत्तारुढ दल नगरपालिका क्षेत्रका विद्यालयमा आफ्नो पार्टी निकट शिक्षकको दबदबा बनाउन चाहने खोजेको शिक्षकहरु बताउँछन् । त्यसका लागि कार्य दलबाट मेयर बोगटीले शिक्षक सरुवा आफू अनुकूल हुने गरी निर्णय गर्न सुझाव पाएका छन् ।
डाउन साइज गरिएका विद्यालयमा सिनियर शिक्षक हुँदा पनि सरुवा गरी आफू नजिककलाई सरुवा गरी प्रधानाध्यापक बनाउने तयारी छ । नगरपालिकाले राजनीतिक आस्था र पहुँचका आधारमा डाउन साइज र सरुवा गर्ने तयारी गरेपछि शिक्षकहरु नगरपालिका कार्यालय पुगेका हुन् ।
‘हामीमाथि ठूलो अन्याय हुँदैछ भन्ने सुनिएको छ, यदि त्यस्तो भयो भने त्यो सह्य हुँदैन’ बुधबार भीमदत्त नगरपालिका कार्यालयमा भेटिएका एक शिक्षकले भने,‘कानुनी र सडक दुबै लडाँई लड्छौ ।’
कार्य दलले सत्तारुढ दल समर्थक शिक्षकलाई जोगाउने गरी माध्यमिक तहमा न्यून विद्यार्थी संख्या भएर पनि विद्यालय डाउन साइज गर्न रोकेको शिक्षकहरुले बताए । डाउन साइजको विवरण हेर्दा पनि काँग्रेस समर्थक अध्यक्ष र प्रधानाध्यापक भएका अधिकाँश विद्यालय डाउन साइज गरिएका छैनन् । ती विद्यालयका प्रधानाध्यापकलाई अन्यत्र पठाएर सुधार गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।
शिक्षक सरुवाको सूची तयार गरि सार्वजनिक गर्न रोकेको शिक्षकहरु बताउँछन् । शिक्षा शाखाले त्यसलाई एकमुष्ट कार्यपालिका पेश गरी निर्णय गर्ने योजना बनाएको छ ।
भीमदत्तको सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले राजनीतिक आस्थाका आधारमा नभएर विद्यालय संख्याका आधारमा डाउन साइज गरिएको र विधि मापदण्ड अनुसार दरबन्दी मिलान गर्न लागिएको बताए । उनले शैक्षिक गुणस्तर बृद्धि गर्न मापदण्ड टेकेर नै दरवन्दी मिलान भईरहेको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज