Advertisement

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुधबार तय गरीएको दशरथ चन्द शहिद स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकका लागि सुदूरपश्चिम पुगेका मन्त्री पोख्रेलले सुप विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगि विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र कर्मचारीसित छलफल गरेका हुन् ।

मन्त्री पोखरेल विश्वविद्यालयका सह कुलपति हुन् । मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरुसंग विश्वविद्यालयको भौतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धान प्रवद्र्धन सम्बन्धमा छलफल गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरूले मन्त्रीसमक्ष संस्थाको वर्तमान अवस्था, चुनौती तथा भविष्यका योजनाबारे जानकारी गराए ।

 

मन्त्री पोख्रेलले विश्वविद्यालयको शैक्षिक गतिविधि तथा पूर्वाधार विकासबारे जानकारी लिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. बिनोद लेखकले स्वागत कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पोखरेलको आवगमनले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका डिन प्रा. किशन दत्त भट्टले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि गरीएका प्रयासहरूबारे मन्त्री पोखरेललाई जानकारी गराए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेम राज पन्त सहित पदाधिकारीले मन्त्री पोखरेललाई फूललामा र खादा लगाएर स्वागत मात्रै गरेनन् । मन्त्रीसहितको अवलोकन भ्रमणमा आएको टिमलाई मायाको चिनोको रुपमा ‘घण्टी सहितको ढोका’ प्रदान गरीएको छ । मन्त्री पोख्रेललाई मायाको चिनो गौतम बुद्ध प्रदान गरीएको हो भने उनीसंगै आएका सांसद केपि खनाल, सचिवलगायतलाई मायाको चिनो घण्टी प्रदान गरीएको छ । विश्वविद्यालयका पदाधिकारीहरु मन्त्रीको चाकडीमा लिप्त हुदा विश्वविद्यालयको गरीमा समेत विर्सेका छन् । विश्वविद्यालयले कुनै पार्टीको चुनावचिन्हलाई मायाको चिनोकोरुपमा वितरण गर्नु विश्वविद्यालयको उपहास भएको स्थानीयको बुझाई छ ।

विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी सहभागी कार्यक्रमको सञ्चालन नबीन बहादुर बमले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज