भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई
काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएकी छन् । जिल्ला अदालतले मंगलबार गरेको फैसलाले उनलाई सफाई दिएको हो । सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालतस्रोतले जनाएको छ ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् ।
इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित ले...












