Advertisement

२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउभुएको छ । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान दिनुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।”

जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनुपर्छ भन्नुभयो । आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बीस युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउँदै छन् । यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुनेछन् ।” 

त्यसैगरी बिजुलीको महसुल दर घटाएर जनतालाई राहत दिने निर्णय गरेको मन्त्री भुसालको भनाइ थियो । उहाँले भन्नुभयो, “अब ग्यास चुलोभन्दा विद्युतीय चुलो सस्तो हुन्छ, यो नेपाली उत्पादन हो, यही प्रयोग गरौँ ।” मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने स्यालो ट्युबवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डिप ट्युबवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज