नयाँ खबर
पर्सा – नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सागढी नगरपालिका-२ मा नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडी रोकेर हेर्दा बम जस्तो देखिने पदार्थ भेटिएपछि उनीसहित ४ जनालाई पक्राउ गरिएको एसपी सुदीप राज पाठकले जानकारी दिए।
उनका अनुसार विष्फोटक पदार्थसहितको बम डिस्पोज गरिसकिएको छ। चौधरीसहित गाडीमा सवार ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पाठकले बताए।
निर्वाचनको मौन अवधिमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले गस्ती अगाडि बढाएकोछ । थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने प्रहरीले जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।