Advertisement

एमसिसीका उपाध्यक्ष काठमाडौँमा आइपुग्यो

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ ।नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । 

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज