Advertisement

एमाले र अध्यक्ष ओलीको पक्षमा एक ढिक्का धिमाल समुदाय

दमक/ देशै भरि निर्वाचनको माहोल बढि रहँदा झापा क्षेत्र नं. ५ को चासो अत्याधिक रहेको छ । यहाँबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहेको छ । यो क्षेत्र विगत देखिनै एमालेको सशक्त उपस्थिति र अध्यक्ष निर्वाचित हुँदै आएको क्षेत्र हो । यहि क्षेत्रको प्रमुख आदिबासी समुदायको रुपमा रहेको धिमाल जाति समेत यस बेला संगठित रुपमा एमाले तथा एमालेका उम्मेद्वार ओलीलाई निर्वाचित गराउने क्रियाशिल रहेको छ ।

 

धिमाल जातिय विकास केन्द्रका राष्ट्रिसभा सचिव मणिराज धिमाल अनुसार अन्य राजनीतिक दलको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक रूपमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ । त्यसैले यहाँको धिमाल समुदाय एमालेको पक्षमा एक ढिक्का रहेको उहाँ बताउनु हुन्छ । धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र राजनीतिक प्रतिनिधित्वका सवालमा नेकपा एमालेले प्रारम्भिक चरणदेखि नै अग्रसर भूमिका खेलेको समुदायका उहाँको भनाइ छ ।

युवा पुस्ता झनै दृढ

धिमाल समुदायका अगुवाहरूका अनुसार आगामी निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई आफ्नो पहिचान, सम्मान र अधिकारको संरक्षणसँग पनि जोडिएको छ । यही कारण उनीहरू नेकपा एमालेको विजयलाई आफ्नो भविष्य सुरक्षित गर्ने राजनीतिक आधारका रूपमा हेरेका छन् । नयाँ पुस्ताका युवाहरुमा समेत एमाले प्रतिको विश्वासनै बलियो पाईन्छ । दमक ४ की सलिना धिमाल राजनीतिक चेतना विस्तारदेखि नेतृत्व विकाससम्म एमालेले धिमाल समुदायलाई अवसर दिएको आफुले सानै देखि देखेको बताउनु् हुन्छ । त्यसैले धिमाल समुदायको युवा पुस्ता पनि एमाले प्रति दृढ रहेको उहाँले बताउनुभयो ।

पूर्वी नेपालको आदिवासी समुदायका रूपमा परिचित धिमाल जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा विशिष्ट पहिचान बोकेको समुदाय हो । झापा, मोरङ र सुनसरीका केही भू–भागमा सघन बसोबास रहेको यस समुदायले लामो समयदेखि राज्यसत्तासँग आफ्नो अस्तित्व, अधिकार र सहभागिताका सवाल उठाउँदै आएको छ । यही क्रममा धिमाल समुदायका अगुवाहरू संगठित रूपमा नेकपा एमालेको विजयको पक्षमा उभिएका छन् ।

एमालेकै प्रयासमा प्रथम नागरिक घोषणा

१५० वर्ष भन्दा अघिनै पूर्वी नेपालका दर्जनौ बस्ति धिमाल समुदायले जंगल फाँडेर, बन्यजन्तुसँग लडेर बसालेको इतिहास छ । मानव बस्ति विकासमा यो समुदायको यहि योगदानको कदर गर्दै स्थानीय तहको पहिलो निर्वाचनपछि एमाले नेतृत्वको स्थानीय सरकारले धिमाल समुदायका व्यक्तिलाई ‘प्रथम नागरिक’ घोषणा गर्‍यो । शुरुमा दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरे पनि यो अभ्यास झापा र मोरङ्का अन्य स्थानीय तह सम्म पुगेको छ । यसले धिमाल समुदायको आत्मसम्मानमा दिर्घकालिन सकारात्मक सन्देश दिएको छ ।
यसले धिमाल समुदायको पहिचानलाई सार्वजनिक रूपमा स्थापित गर्नुका साथै राज्य संरचनामा उनीहरूको सम्मान र स्वीकार्यतालाई समेत उजागर गर्‍यो । तर, गत भदौ महिनामा ‘जेनजी’को नाममा भएको आन्दोलनका क्रममा दमक नगरपालिका परिसरमा राखिएको धिमाल समुदायको प्रथम जातिको स्मारक तोडफोड गरिनु समुदायका लागि गहिरो चोटको पारेको छ । उक्त घटनापछि यस क्षेत्रका धिमाल समुदायको मन कुँडिएको र असुरक्षाको भावना बढेको अगुवाहरू बताउँछन् ।

अभिभाज्य सम्वन्ध

धिमाल समुदायका अगुवाहरु नेकपा एमाले र धिमाल समुदाय विच अभिभाज्य सम्बन्ध रहेको बताउँछन् । धिमाल जातिय विकास केन्द्रमा लामो समय अध्यक्ष भएर काम गर्नु भएका रामबहादुर धिमाल यो समुदायको विकास, राजनीतिक पहुँच स्थापना र सशक्तिकरणमा एमालेनै पहिलो राजनीतिक शक्ति रहेको बताउनुहुन्छ । यस्तै राजनीतिक अवसरहरु प्रदान गर्ने, नीति निर्माण तहमा पहुँच पुर्‍याउन सहयोग गर्ने काम समेत एमालेले गर्दै आएको उहाँले बताउनुभयो । यस काममा खास गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै विशेष पहल र चासो रहने गरेको पाएको उहाँले उल्लेख गर्नु भयो । त्यसैले अहिले मात्र नभई वर्षौ देखिनै झापा क्षेत्र नं. ५ मा तथा झापा र मोरङ्का हरेक धिमाल बस्तिमा एमालेको पक्षमा जनमत रहेको उहाँले बताउनु भएकोछ । उहाँ नेकपा एमालेको तर्फबाट दुई पटक जनप्रतिनिधी समेत भई सक्नु भएको छ ।
यस्तै नेकपा एमालेकै तर्फबाट निर्वाचित भई दमक नगरपालिकाको उपप्रमुख समेत भई सक्नु भएका लोकबहादुर धिमाल यस्तो पृष्ठभूमिमा धिमाल समुदायको सघन बसोबास रहेको झापा क्षेत्र नं. ५ मा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति समुदायको राजनीतिक भरोसा बलियो रहेको बताउनु् हुन्छ । आगामी निर्वाचनमा यही क्षेत्रबाट अध्यक्ष ओली उम्मेद्वार रहनु धिमाल समुदायका लागि राजनीतिक रूपमा महत्वपूर्ण विषय बनेको उहाँले उल्लेख गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनदेखि नै एमालेको तर्फबाट धिमाल समुदायका प्रतिनिधिहरू निर्वाचित हुँदै आएका छन्, जसले समुदाय र पार्टीबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको उहाँको अनुभव छ ।
आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार झापा र मोरङ् प्रमुख थातथलो रहेको धिमाल जातिको जनसंख्या २०७८ को जनगणना अनुसार २५ हजार ६ सय ४३ रहेको छ । प्रकृति पुजक धिमाल जातिमा प्रथाजनित संस्कारका कारण आपसी सद्भाव र विश्वास समेत बलियो पाईन्छ । धिमाल जाति आदिबासी जनजातीका रुपमा सुचिकृत रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज