एमाले र अध्यक्ष ओलीको पक्षमा एक ढिक्का धिमाल समुदाय
दमक/ देशै भरि निर्वाचनको माहोल बढि रहँदा झापा क्षेत्र नं. ५ को चासो अत्याधिक रहेको छ । यहाँबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहेको छ । यो क्षेत्र विगत देखिनै एमालेको सशक्त उपस्थिति र अध्यक्ष निर्वाचित हुँदै आएको क्षेत्र हो । यहि क्षेत्रको प्रमुख आदिबासी समुदायको रुपमा रहेको धिमाल जाति समेत यस बेला संगठित रुपमा एमाले तथा एमालेका उम्मेद्वार ओलीलाई निर्वाचित गराउने क्रियाशिल रहेको छ ।
धिमाल जातिय विकास केन्द्रका राष्ट्रिसभा सचिव मणिराज धिमाल अनुसार अन्य राजनीतिक दलको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक रूपमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ । त्यसैले यहाँको धिमाल समुदाय एमालेको पक्षमा एक ढिक्का रहेको उहाँ बताउनु हुन्छ । धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र राजनीतिक प्रतिनिधित्व...











