Advertisement

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर – डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानी स्थित जोग्बुडा(दैजी सडक खण्डमा शनिबार साँझ करिब ६ः३० बजे मलामी बोकेर महाकालि आर्यघाटबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नवीन साउँद र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख एबम प्रहरी निरीक्षक देवबहादुर चौधरीले परशुराम नगरपालिका ९ सतघाटका ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका बताए । उनका अनुसार फरार चालकको खोजतलास भइरहेको छ।

घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब आठ किलोमिटर दक्षिणमा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। शुक्रबार पनपा ९ का खैरे बोहराको देहावसान भएको थियो । खैरे बोहराको मलामी गएका इन्द्र बोहराको महाकालीमा बगेर मृत्यु भएको थियो भने इन्द्र बोहराको मालामि बोकेर घर फर्किदै गरेको ट्याक्टर  मोटरसाइकल सँग एक आपसमा ठोकिएपछि दुर्काघटना भएको हो । शुक्रबार गाउँ नै शोकमा डुबेको थियो भने शनिबार पालिका नै शोकमा डुबेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज