Advertisement

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर – मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११/१२  अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहेका थिए ।

कार्यक्रममा पृथ्वी राज भट्टले विद्यार्थीहरूको उज्वल भविष्य र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । उनले सबै विद्यार्थीलाई मनैदेखि बधाई ज्ञापन गर्दै छात्रवृत्तिमा नाम निकाल्नु जीवनको परीक्षाको पहिलो खुट्किलो भएकाले अझै पनि हार्ड ओर्किङ गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफ्नो आमा बुबाको र आफ्नो सपना साकार गर्न र विद्यालयको गरिमालाई उचो बनाएकोमा विद्यार्थी सबैलाई धन्यवाद दिए । विद्यार्थीले गरेको सफलताले विद्यालयको गरिमा बढेको उल्लेख गर्दै विद्यार्थीहरुले विद्यालयको शाख निरन्तर राख्ने उनले आशा व्यक्त गरे ।  कोर्डिनेटर सुनिल ठाकुरले कार्यक्रमको बारेमा जानकारी प्रस्ट पार्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए ।

त्यस गरी विद्यालयका सञ्चालक समिति अध्यक्ष केशव चन्दले पनि विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गरिमा थप विर्दी गरेकोमा धन्यवाद दिए ।
६० विद्यालय सहभागी राष्टपति रनिङ प्रतियोगितामा मर्निङगलोरी मार्चपासमा प्रथम भएको थियो । मर्निङगलोरीबाट   प्लस टू अध्ययन गरेका १५ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढिरहेका छन् । यो विद्यालयबाट प्लस टू गरेका  १३ जनाले भेटेरीनरी डाक्टर पढेका छन्। त्यसैगरी २ जनाले CA गरिसकेका छन् भने इन्जिनियरिङ, bsc नर्सिङ , फोरेष्ट्री, र आयुर्वेदिक डाक्टरमा गरी सयौ विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकी छन् ।
२०६२ मा स्थापना भएको स्कुलले २०७१ देखि विज्ञान विषयको अध्ययन सुरु गरेको थियो । गत शैक्षिक शत्रमा ८० जना विद्यार्थीले प्लस टू गरेका थिए ।

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी प्रिन्जल गहतराजले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चूडामणि शर्माले गरेका थिए ।

समाचार भिडियोमा हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज