Advertisement

शुक्लाफाँटा नगरपालिकामा १६औं राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, कालिका माविलाई उपाधी

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिताको उपाधी कालिका माध्यमिक विद्यालय असैनाले जितेको छ । शुक्लाफाँटा नगर खेलकुद विकास समितिको आयोजनामा बिहिवार देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण, १ रजत र १ कास्यसहित ८ पदक हात पारेको कालिका मावि असैना प्रथम भएको हो । त्यसैगरी प्रतियोगितामा सुर्योदय माध्यमिक विद्यालय बन्शाहले ५ स्वर्ण, ९ रजत, र ७ कास्य सहित २१ पदक जित्दै दोस्रो स्थान हात पारेको छ । ४ स्वर्ण, ३ रजत, र ५ कास्य सहित १२ पदक हात पारेको धर्म जनता मा.वि स्टेसनपुर तृतीय भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.०७ स्टेसनपुर स्थित धर्मजनता माध्यमिक विद्यालयको प्राङ्गणमा सनिवार औपचारिक कार्यक्रमका विच प्रतियोगिताको समापन गरीएको छ ।
प्रतियोगितामा नगरपालिका भित्रका संस्थागत विद्यालय २५ र सामुदायिक २८ गरि ५३ विद्यालयको सहभागीता रहेको थियो। खेलकुद प्रतिस्पर्धामा विभिन्न ४५ विधामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र बहादुर साउँदले बताए ।
नियमित पठन–पाठनसँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको शुक्लाफाँटा नगरपालिका नगरप्रमुख रण बहादुर महराले बताए । नगर प्रमुख महराले ‘खेलकुदले विद्यार्थीको अनुशासन, नेतृत्व विकास गर्ने भएकाले विद्यार्थीहरूलाई यस क्षेत्रमा सक्रिय हुन आग्रह गरे । साथै, प्रतियोगिता स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नगर प्रमुख महराले १७औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कालिका माविमा गर्ने घोषणा गरेका छन् ।
शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्ट, जनप्रतिनिधी, कर्मचारी खेलाडी खेलप्रेमी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज