Advertisement

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा पनि एमाले केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीरबहादुर थापा ‘पातल’ले नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँमा जारी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उनले सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
तत्कालीन नेकपा एकता प्रक्रियापछि एमालेमा सक्रिय रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन्। तत्कालीन नेकपाका कञ्चनपुर जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका थापा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न छन्।
२०४६ सालको जनआन्दोलनपछि उनी कक्षा ६ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी फेडरेसनको इकाई अध्यक्षका रूपमा संगठनात्मक यात्रा सुरु गरेका थिए । २०४८ सालमा उनले अखिल(क्रान्तिकारी) कञ्चनपुर जिल्लाको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाले ।
२०५२ सालदेखि तत्कालिन नेकपा(माओवादी)ले सञ्चालन गरेको पार्टी गतिविधिमा आबद्ध भएका थापा २०५७ सालमा माओवादीको एरिया कमिटी सदस्य बने । सोही वर्षको अन्त्यतिर भूमिगत भएका उनी २०५८ सालमा अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष बनेका थिए।
२०७३ सालमा नेकपा(माओवादी केन्द्र) कञ्चनपुर जिल्लाको अध्यक्ष बनेका थापा २०७४ सालमा पार्टी एकतापछि नेकपा ९एमाले० जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगे । नेकपा विभाजनपछि पनि उनी एमाले जिल्ला अध्यक्षकै रूपमा निर्वाचित भए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज