Advertisement

कञ्चनपुर उद्योग बाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १२ गते उम्मेदवारी दर्ता

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्य समिति निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरीएको छ । निर्वाचन समितिले पुष १९ गते हुने १८औ कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसैगरी ९ गते ११ बजेदेखि २ बजेसम्म मतदाता नामावलीमा दाविविरोध समय दिईएको छ भने पुष १० गते १ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरीनेछ । त्यसैगरी १२ गते १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता समय हुनेछ ।
संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् ।
संघमा निर्माण व्यवसायी संघ कञ्चनपुर, नेपाल औषधि व्यवसायी संघ, होटल व्यवसायी संंघ कञ्चनपुर, हार्डवेयर तथा निर्माण व्यवसायी संघ र नेपाल वन पैदवार उद्योग व्यवसायी संघ कञ्चनपुर संस्थागत सदस्य छन् ।
त्यसैगरी कार्यतालिका अनुसार सोहि दिन ५ बजे उमेदवारी मनोनय दर्ता गरेका उम्मेदवारहरुको नामावली प्रकाशन गरीने छ । पुष १३ गते विहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवार विरुद्ध दावि विरोधको समय दिईएको छ भने सोहि दिन १२ बजेदेखि ३ बजेसम्म दाविविरोध उपर जाँचबुझको समय तय गरीएको छ । सोहि दिनको ५ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशितको कार्यतालिका रहेको छ ।
पुष १४ गते विहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिईएको छ भने ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरीने निर्वाचन कार्यतालिका छ ।
पुष १९ गते विहान ८ बजेदेखि दिउसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना पुष २० गते विहान ९ बजेबाट मात्र गरीने छ । मतपरिणाम मतगणना सकिएलगत्तै गरीने निर्वाचनमण्डलले जानकारी दिएको छ ।

 

संघका दुई हजार एक सय २१ सदस्यले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । १७ औं कार्य समिति निर्वाचन भन्दा मतदाता संख्या कम हो ।
संघले निर्वाचनका लागि वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको नेतृवमा निर्वाचन समिति बनाएको छ । समितिमा अधिवक्ताद्धय प्रकाशराज पाठक र एकराज भट्ट सदस्य छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज