Advertisement

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

Advertisement
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवसरमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठ रोग सपरभाईजर पंकज प्रसाद कलौनीले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लाको भीमदत्त नगरपालिकामा सबैभन्दा बढि १७२ जना, दोधारा चादनी नगरपालिकामा १०६ जना, कृष्णपुर नगरपालिकामा ९८, पुनर्वास नगरपालिकामा ८९, बेदकोट नगरपालिकामा ८७ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, बेलौरी नगरपालिकामा ३४ जना, बेलडाँडी गाउँपालिकामा ३० जना र लालझाडी गाउँपालिकामा १३ जना एचआईभी संंक्रमित गरी ६ सय ८२ जना एचआईभि संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा जोखिमयुक्त १७ हजार ४१४ जनामा एचआईभि टेष्ट गरीएकोमा ३२ जनामा पोजिटिभ देखिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा २० हजार ४ जनामा टेष्ट गरीएकोमा ५७ जनामा सक्रमण पुष्टि भएको थियो भने आर्थिक बर्ष२०७९/८० मा ३० हजार २४० जनामा टेष्ट गरीएकोमा ४२ जनामा संक्रमण पुष्टि भएको थियो । गत बर्ष १५९ जना यौन पेषा कर्मीको रगत टेष्ट गर्दा ३ जनामा एचआईभि पोजिटिभ दखिएको कुष्ठ तथा क्षयरोग सुपरभाईजर कलौनीले बताए । त्यसैगरी यौन पेषाकर्मीका १३३ जनामा टेष्ट गर्दा २ जनामा पोजिटिभ देखिएको उनले बताए । त्यसैगरी बसाई सराई गरी आएका १० हजार ८०३ जनामा टेष्ट गर्दा १०जनामा, बसाई सराई गरी आएका हरुका ५ हजार १६७ जनाको टेष्ट गर्दा ३ जनामा, ७१५ जना लागुपदार्थ प्रयोगकर्ताहरु टेष्ट गर्दा ३ जनामा, १०५ जना अल्पसंख्यकहरुमा टेष्ट गर्दा ७ जनामा, एक जना कैदीको रगत टेष्ट गरीएकोमा १ जनामा, अन्य ३३१ जनामा टेष्ट गर्दा ३ जनामा गरी ३२ जनामा एचआईभी संक्रमण भेटिएको हो ।
एचआईभि एड्सबाट गत बर्ष २०८१/८२मा १४ जनाको ज्यान गएको छ भने आब २०८०/८१ मा १० जनाको ज्यान गएको छ । त्यसैगरी आव २०७९/८० मा २ जना, २०७८/०८९मा १४ जना र २०७७/०७८मा १४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चपुरको तथ्यांकले देखाएको छ । यसरी पाच बर्षको तथ्यांकलाई विष्लेषण गर्दा औषतमा बार्षिक दश जनाले एचआईभि एड्सबाट ज्यान गुमाईरहेका छन् ।
सुदूरपश्चिममा ३ हजार ७३० जना एचआईभि संक्रमितले एआरटी लिइरहेको स्वास्थ्य कार्यालयसंग तथ्यांक छ । कञ्चनपुर जिल्लामा ४५५ जना, कैलाली जिल्लामा १७४० जना, डोटीमा ४९० जना, दार्चुलामा ५० जना, डडेल्धुरामा १२५ जना, बाजुरामा ७२ जना, बझांङमा ९६ जना, बैतडीमा १३२ जना र अछाममा ५७० जनाले एचआईभिको टिटमेन्ट गराईरहेको तथ्यांकले देखाएको छ ।
कञ्चनपुर जिल्लामा २२६ जना महिला, २०२ जना पुरुष, १५ बर्षमुनिका बच्चा २० जना र यौन अल्पसंख्यक ७ जनाले एचआईभिको नियमित उपचार गराईरहेका छन् ।
सुदूरपश्चिम प्रदेशभरीमा सबैभन्दा बढि एचआईभि संक्रमित रहेको पालिका कैलालीको गोदावरी नगरपालिकामा २९१ जना एचआईभि संक्रमित रहेका छन् । सुदूरपश्चिम प्रदेशमा एचआईभि शुन्य रहेका ६ वटा पालिका रहेका छन् ।
एचआईभि एड्स सम्बन्धि कार्यक्रम संञ्चालनमा विभिन्न चुनौती रहेको कलौनीले बताए । नियमित उपचारको दायरामा नआउने, उपचारकै क्रममा भारत जाने, प्रवाहीहरुमा नियमित जाँच तथा परामर्श गर्न समस्या, नसर्ने रोगको बृद्धिले सहसंक्रमण व्यवस्थापनमा कठिनाई, केहि संक्रमितहरुलाई पोषण तथा यातायात सम्बन्धि समस्या र एकल महिला तथा बालबालिकाहरुको शैक्षिक सुधारसम्बन्धमा व्यपक चुनौति रहेको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहेका थिए भने महाकाली प्रादेशिक अस्पतालका सुपरिटेण्डेन्स डा. अर्जुन भट्ट, लगायत एचआईभि संक्रमितको क्षेत्रमा कार्य गर्दै आईरहेका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । “अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ” भन्ने नारासहित एड्स सम्बन्धी सचेतना प्रवर्धन गर्ने प्रभातफेरि कार्यक्रम गरीएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज