Advertisement

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

Advertisement
महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ ।
उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन् । यो भन्दा अगाडि पनि उनले दृष्ट्रि फाउण्डेसनसंग सहकार्य गर्दै आईरहेका छन् । उपाध्यक्ष नाथले केहि दिन अघि पनि मानसिक रोगबाट पिडित तिन जनाको उद्धार गरी उपचारका लागि दृष्ट्रिफाउण्डेसनमा पु¥याएका थिए । उनीहरुमध्ये दुई जना रिकभरी भई घर फर्किसकेका छन् । भने एक जनाको उपाचार भईरहेको छ ।
‘खान पुगोस, दिन पुगोस’ भन्ने मुल नाराका साथ दृष्ट्रि फाउण्डेसनले समाजिक कार्य गर्नेहरुकालागि फराकिलो बाटो दिएको छ । फाउण्डेसनले विभिन्न दाताहरुको सहयोगमा मानसिक रोगबाट पिडितहरुको उपचार गर्दै आईरहेको छ । तिन महिना अगाडि बेलडाँडीकै रंग लाल सुनार र किरन सुनारलाई पनि उद्धार गरी उपचारका लागि दृष्ट्रि फाउण्डेसनमा पु¥याएकोमा उनीहरु दुवै जना सञ्चो भएर घर फर्किसेकेका छन् । घर फर्केका रंगलाल दमाई र किरन सुनारले आफ्नो जीवन पुनः प्राप्त गरेसरह मानेको भन्दै उपाध्यक्ष नाथलाई धन्यवाद दिदै हर्षबढाई गरेका छन् । किरन सुनार र उनका परिवार पालिकाकामै आएर आफ्नो कोही सहारा नभएको समयमा साथ सहयोग गरेको भन्दै उपाध्यक्ष नाथलाई धन्यवाद दिएका छन् ।
भौतिक पूर्वाधारको निर्माण मात्रै विकास नभएको उल्लेख गर्दै उपाध्यक्ष नाथले मानिसको ज्यान भएपछि मात्रै भौतिक विकासको कुरा आउने बताईन् । मानविय सेवामा कसैको पनि दृष्टि नपुगेको उपाध्यक्ष नाथले उल्लेख गरे । उपाध्यक्ष नाथले सडकमा बसेकाहरुको सहारा दिने दृष्ट्रिफाउण्डेनकी कल्पनालाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज