Advertisement

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

Advertisement
महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ ।
उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन् । यो भन्दा अगाडि पनि उनले दृष्ट्रि फाउण्डेसनसंग सहकार्य गर्दै आईरहेका छन् । उपाध्यक्ष नाथले केहि दिन अघि पनि मानसिक रोगबाट पिडित तिन जनाको उद्धार गरी उपचारका लागि दृष्ट्रिफाउण्डेसनमा पु¥याएका थिए । उनीहरुमध्ये दुई जना रिकभरी भई घर फर्किसकेका छन् । भने एक जनाको उपाचार भईरहेको छ ।
‘खान पुगोस, दिन पुगोस’ भन्ने मुल नाराका साथ दृष्ट्रि फाउण्डेसनले समाजिक कार्य गर्नेहरुकालागि फराकिलो बाटो दिएको छ । फाउण्डेसनले विभिन्न दाताहरुको सहयोगमा मानसिक रोगबाट पिडितहरुको उपचार गर्दै आईरहेको छ । तिन महिना अगाडि बेलडाँडीकै रंग लाल सुनार र किरन सुनारलाई पनि उद्धार गरी उपचारका लागि दृष्ट्रि फाउण्डेसनमा पु¥याएकोमा उनीहरु दुवै जना सञ्चो भएर घर फर्किसेकेका छन् । घर फर्केका रंगलाल दमाई र किरन सुनारले आफ्नो जीवन पुनः प्राप्त गरेसरह मानेको भन्दै उपाध्यक्ष नाथलाई धन्यवाद दिदै हर्षबढाई गरेका छन् । किरन सुनार र उनका परिवार पालिकाकामै आएर आफ्नो कोही सहारा नभएको समयमा साथ सहयोग गरेको भन्दै उपाध्यक्ष नाथलाई धन्यवाद दिएका छन् ।
भौतिक पूर्वाधारको निर्माण मात्रै विकास नभएको उल्लेख गर्दै उपाध्यक्ष नाथले मानिसको ज्यान भएपछि मात्रै भौतिक विकासको कुरा आउने बताईन् । मानविय सेवामा कसैको पनि दृष्टि नपुगेको उपाध्यक्ष नाथले उल्लेख गरे । उपाध्यक्ष नाथले सडकमा बसेकाहरुको सहारा दिने दृष्ट्रिफाउण्डेनकी कल्पनालाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन ...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज