काठमाडौं – नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको छ।
चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा संगठनका अध्यक्ष गणेश पाण्डेलाई प्रतिनिधि पठाउने निर्णय संगठनले गरेको छ। महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ।
प्रतिनिधि चयन सम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले गरेकाे हाे । बैठकले कुल पाँच प्रतिनिधिलाई सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ ।
चौतारीका अनुसार सर्वसम्मत प्रतिनिधि चयनले महाधिवेशन तयारीमा सहमति, समन्वय र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।