Advertisement

एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किएको बताउनुभएको छ । नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो पछिल्ला राजनीतिक विवाद, न्यायिक अशान्ति र सरकारप्रति बढ्दो असन्तुष्टिमा अल्झिरहेको मुलुक एमालेकै सक्रियताले पुनः सही दिशातर्फ फर्किदै छ ।
राज्य कमजोर बन्न थालेको अवस्थामा एमालेद्वारा देशव्यापी आयोजित कार्यक्रमहरूले अवस्थालाई सम्हाल्न सफल भन्दै महासचिव पोखरेलले आगामी दिनमा यो भूमिका बढाइने बताउनुभयो ।
भदौ २३ र २४ मा भएका तोडफोड तथा विध्वंसकारी गतिविधि व्यापक बन्दै जाँदा एमालेका कार्यक्रमहरूले ती घटनालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले पछिल्ला दिनहरूमा जनतामा देखिएको त्रास र अनिश्चितताको वातावरण कम हुनुमा पनि पार्टीको सक्रियता प्रभावकारी रूपमा देखिएको दाबी गर्नुभयो ।
उहाँले मुलुकमा दलविहीनता, असंवैधानिक अभ्यास र संविधान समाप्त पार्ने प्रवृत्ति देखिनु चिन्ताजनक भन्दै संविधान नमान्ने व्यक्तिबाट कानुनी राज्य स्थापना नहुने टिप्पणी गर्नुभयो ।
संविधानले जनताबाट निर्वाचित प्रतिनिधिले मात्र शासन गर्ने व्यवस्था स्पष्ट रूपमा ग्यारेन्टि गरेको भए पनि पछिल्ला गतिविधिले संवैधानिक मर्यादालाई चुनौती दिएको महासचिव पोखरेलको भनाइ थियो ।
जेनजी आन्दोलनलाई मुलुकको अस्थिरता चाहने शक्तिहरूले ‘प्रयोग’ गरेको भन्दै पोखरेलले भविष्यमा यस्ता घटना नदोहोरिउन् भनेर सबै जिम्मेवार पक्षहरू सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
राज्य कमजोर भइरहेका बेला नागरिकलाई सुरक्षित राख्न र राज्यलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक दस्ता गठन गरिएको र यस संरचनालाई टोलटोलसम्म विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा निर्माण व्यवसायीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सबै निर्माण व्यवसायीलाई एकताबद्ध भएर विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँले मङ्सिर २७ गते काठमाडौँमा हुने पार्टीको एघारौँ महाधिवेशन उद्घाटन कार्यक्रममा ऐतिहासिक उपस्थिति रहने पनि बताउनुभयो ।
परिषदका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज रचना खड्का, नेपाल उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज भागीरथ सापकोटा, नेपाल उद्योग तथा व्यवसायी महासंघका सहइञ्चार्ज चिरञ्जीवी पोखरेललगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन परिषद्का महासचिव रामशरण देउजाले गर्नु भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज