Advertisement

यू १४मा बेलडाँडीको सरस्वती मावि झर्नासागर जिल्ला च्याम्पियन

विकास सिह महता, महेन्द्रनगर – नेपालकै सम्भावित सबै भन्दा अधिक टिमको सहभागितामा पश्चिम नेपाल कञ्चनपुरमा एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
एन्फा यू–१४ छात्रा/छात्र फुटबल छनौटका लागि ६२ टिममा सामुदायिक तथा संस्थागत विद्यालयका छात्र ४९ र १३ छात्रा टिम बिच रोमाञ्चक प्रतिस्पर्धामा एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।,
छात्र तर्फ बेलडाँडीको सरस्वती मा.बि झरनासागर र छात्रा तर्फ जीवन ज्योति माध्यमिक पुनर्वास जिल्ला च्याम्पियन बनेका छन ।
संभावित नेपालकै सबै भन्दा अधिक टिमको सहभागितामा कञ्चनपुर जिल्लामा एन्फा यू–१४ छात्र/छात्रा अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता ०८२ एक कार्यक्रमका साथ सम्पन्न भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले आयोजना गरेको एन्फा यू–१४ छात्र/ छात्रा फुटबल प्रतियोगिताले उच्च शिखर चुम्न सफल एक इतिहास बन्न पुगेको हो।
कञ्चनपुर जिल्लाले फुटबल क्षेत्रमा पछिल्लो समयमा एकाएक इतिहास रच्ने कार्यको थालनी गरेको छ। जिल्लाका पाँच क्षेत्रमा एन्फा यू–१४ छात्र / छात्रा अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताका– २०८२ का लागि सामुदायिक तथा संस्थागत विद्यालयका ६२ टिम बिच प्रतिस्पर्धा भएको थियो। जसले जिल्ला भरी नै फुटबलको महाकुम्भ चलेको थियो।
जिल्लामा एन्फा यू–१४ छात्रा/ छात्र विद्यालय स्तरीय फुटबल प्रतियोगिता जिल्लाका पाँच क्षेत्रमा सञ्चालन गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुरुप कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्लाका पाँच क्षेत्रमा एन्फा यू–१४ छात्र / छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिताका २०८२ का लागि सामुदायिक तथा संस्थागत विद्यालयका ६२ टिम बिच प्रतिस्पर्धा हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताए ।
जिल्लामा सञ्चालन भएको उक्त प्रतियोगिता विभिन्न पाँच क्षेत्रमा चलेको थियो। जसमा पुनर्वास नगरपालिका क्षेत्रमा १७ छात्र, ६ छात्रा गरि २४ टिम, कृष्णपुर नगरपालिका क्षेत्रमा छात्र १२, छात्रा ३ गरि १५ वटा टिम, बेल्डाँडी गाउँपालिका क्षेत्र ६ छात्र वटा टिम, भीमदत्त नगरपालिका क्षेत्र छात्र ८, छात्रा ४ टिममा भीमदत्तका २ र दोधाराका २ छात्रा टिम गरि १२ वटा टिम र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ६ छात्र टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताका खेलहरु लिक कम नक आउट आधारमा सञ्चालन भएका थिए। जसमा प्रतियोगिता भरि १ सय १३ म्याच खेलाइएको यो एक इतिहास नै हो। उक्त प्रतियोगिता २०८२ कार्तिक २५ देखि मंसिर २ गतेसम्म जिल्लाका पाँच क्षेत्र बेल्डाँडी गाउँपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा खेलहरु सञ्चालन गरि दोस्रो चरणका खेल कृष्णपुर नगरपालिका वडा नं.०२ मछेली खेलमैदानमा सञ्चालन गरिएका थिए। उक्त खेलमैदानमा फाइनल संगै कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको सभापतित्वमा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कृष्णपुर नगरपालिका वडा नं.०२ का वडा अध्यक्ष अर्जुन सिंह साउँद, एन्फा प्रशिक्षक पुष्कर शाही खेलाडी खेलप्रेमी कञ्चनपुर जिल्ला फुटबल संघका पदाधिकारी सदस्य, विभिन्न विद्यालयका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा छात्रा तर्फ सरस्वती माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका वडा नं.०२ र जीवन ज्योति माध्यमिक विद्यालय बिच भएको फाइनल खेलमा ४–० गोलको अन्तरले सरस्वती माध्यमिक विद्यालयलाई हराउदै छात्रा तर्फको उपाधी जीवन ज्योति माध्यमिक विद्यालयले हात पारेको छ।
छात्र तर्फ सरस्वती माद्यामिक विद्यालय झरनासागर बेल्डाँडी गाउँपालिका वडा नं.०१ र सन्लाइट पब्लिक स्कुल कृष्णपुर नगरपालिका –०२ वाणी बिचको रोमाञ्चक फाइनल खेलमा १–१ गोलको बराबरी संगै पेनाल्टी सुट आउटमा ४–४ गोलले बराबरी संगै सटनदेथमा सन्लाइट पब्लिकलाई हराउदै सरस्वती माध्यमिक विद्यालय झरनासागर बेल्डाँडी गाउँपालिका वडा नं. ०१ ले उपाधी उचाल्नुका साथै जिल्ला च्याम्पियन बनेको छ। सरस्वती माविका खेल शिक्षक धन बहादुर रावतले जितसंगै खेलकुदमा बेलडाँडीका खेलाडीले राम्रो प्रर्दशन गरेको बताए । छात्र / छात्रा तर्फका जिल्ला च्याम्पियन सरस्वती माध्यमिक विद्यालय झरनासागर र जीवन ज्योती माध्यमिक विद्यालय पुनर्वासले प्रदेशको यात्रा तय गरेको छ।
खेलकुद क्षेत्रको बिकासमा निरन्तरता संगै कञ्चनपुर जिल्ला फुटबल संघले जिल्लामा एक इतिहास रच्दै एकाएक फुटबलको महाकुम्भ सम्पन्न गरेको छ। सहर केन्द्रित खेलकुद लाई गाउँ केन्द्रित फुटबल माहोल बनाउन सफल भएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज