Advertisement

अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक : नेता दाहाल

काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ ।
सुरक्षा निकाय बाट खोसिएका हतियार, भागेगा अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाब गराउछ भनेर उहाले प्रश्न पनि गर्नु भएको छ । प्रेश चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उहाले अहिलेको सरकारनै असम्बैधानिक रहेको दाबी गर्दै यस्तो सरकार बाट लोकतान्त्रिक तथा संबैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने भनाइ राख्नु भयो।
निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहनु भएका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गर्नु भयो ।
अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक रहेकाले एमाले संसद पुनःस्थापनको माग सहित जनताको बीचमा गएको दहालले बताउनु भयो ।
अहिलेको राजनीतिक र संबैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापना बाटनै हुने समेत उहाको भनाइ छ । यो बिसयमा नेपाली कङ्रेसको अहिले सम्मको मौनता समेत आश्चर्यजनक रहेको उल्लेख गर्दै दहालले काङ्रेस पनि यो अजेण्डामा आउदै गरेको उहाले बताउनु भयो ।
जेन्जीले अघि सारेका माग समेत संसद पुनःस्थापना पछि गठन हुने सरकारले नै पूरा गर्ने उहाको दाबी छ । केपि नेतृत्वको सरकारले समेत सुशासनको पक्षमा दर्बिलो गरि काम गरि रहेको अवस्थामा जेन्जी आन्दोलनमा घुसपैठ गरि हिंशाको माध्यम बाट बिस्थापन गरिएको भन्दै सो क्रममा भएका आगजनी, हिंशा र तोडफोडमा सम्लग्न हरुको खोजी गरि कानुनी दायरामा ल्याउन ढिला गर्न नहुनेमा उहाँले जोड दिनु भयो ।
सो भेटमा एमाले केन्द्रिय सदस्य रोमनाथ ओलीले संसद पुनःस्थापनको पक्षमा जिल्लामा स शक्त रुपमा जनपरिचालन भइरहेको जानकारी दिनु भयो ।
प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिब तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज