Advertisement

प्रेस स्वतन्त्रताको संरक्षण युवा संघ गर्छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि प्रेस स्वतन्त्रतामा गम्भिर धक्का पुगेकोले त्यसका संरक्षण युवा संघले गर्ने बताउनुभएको छ ।
युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनमा पत्रकार र सञ्चार माध्यमलाई माघ १९ भन्दा जटिल ह्ँुदै गएको बताउनुभयो । ‘अहिले प्रेस स्वतन्त्रताको अवस्था नाजुक छ । माघ १९ मा पनि यस्तो थिएन’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसबेला सम्पादकका पछि आर्मी लगाइन्थ्यो । समाचार बाचकको पछि आर्मी लगाइन्थ्यो । तर अहिले एउटै टेलिफोनको धम्कीले चारवटा आर्मी भन्दा बढी त्रास फैलाइएको छ ।’
अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि आफू लामो सयम लडेकोले आफ्ना विरुद्ध प्रचार गर्दा पनि कहिले कसैलाई नधम्क्याएको उहाँले बताउनुभयो । ‘मेरा विरुद्ध झुटै समाचार छापे पनि कसैलाई केही भनिएन’ अध्यक्ष ओलीले भन्नुभयो ‘लोकतन्त्रले दिएको प्रेस स्वतन्त्रताको उपभोग गरे भनियो । तर अहिले अवस्था त्यस्तो छैन । सञ्चार क्षेत्र माथी ठुलो धम्की र त्रास छ । यो अवस्था लामो समय हामी रहन दिन्नौ ।’
उहाँले पत्रकारहरुलाई ढुक्कसँग सञ्चारकर्म गर्न भन्दै कोही कतैबाट असुरक्षित महसुष भए युवा संघ नेपाललाई भन्न आग्रह गर्नुभएको छ । ‘तपाईंहरुलाई कोही कसैले धम्की दियो भने युवा संघ नेपाललाई भन्नु । तपाईंहरुको सुरक्षा युवा संघले गर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हात्ती हुँ भन्नेलाई भुसुना बनाउने क्षमता युवा संघसँग छ । ’ अध्यक्ष ओलीले अहिलेको सरकार ब्याट्री सकिएको रोर्बोट जस्तो भएको बताउनुभयो । ‘ब्याट्रीले काम गरुन्जेल रोर्बोट चल्यो । यताउता गर्यो’ अध्यक्ष ओलीले भन्नुभयो ‘ब्याट्री सकिएपछि रोर्बोट जहाँको त्यही अडिएको छ । ’
अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउने बताउनुभएको छ । उहाँले एमाले लामो समय देखि राष्ट्रिय शक्ति भए पनि अब निर्णायक राष्ट्रिय शक्तिमा बदल्नु पर्ने बताउनुभएको छ । ‘सरकारका नीतिमा एमाले छ,कार्यक्रममा एमाले छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई अब निर्णायक राष्ट्रिय शक्तिमा बदल्नु पर्दछ । ’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज