Advertisement

महेन्द्रनगरमा पनि सहुलियत दरको चामल विक्रि सुरु, प्रतिकेजिको मूल्य कति ?

महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महेन्द्रनगरमा सहुलियत दरमा चामल विक्रि गरीरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरमा रहेको कार्यालयबाट भाद्र ३० गतेदेखि सहुलियत दरमा चामल विक्रि गरीरहेको हो । कम्पनीले आगामी कार्तिक १० गतेसम्म सहुलियत दरमा चामल विक्रि गर्ने जनाएको छ । कम्पनीले दशै दिपावलीलाई लक्ष्यीत गरी सर्वसाधरणका लागि मोटो र मसिनो गरी दुई प्रकारको चामल सहुलियत दरमा विक्रि गरीरहेको कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘हामीले विगत बर्षजस्तै यस बर्षपनि सहुलियत दरमा चामल विक्रि गरीरहेका छौ,’ कार्यालय प्रमुख महराले भने, ‘जीरा मसिनो चामल र मोटो चामल गरी दुई क्याटगेरीको चामल राखेका छौ ।’

मोटो र मसिनो चामल प्रति किलो पाँच रुपैँया सहुलियतमा बिक्री गरीरहेको कार्यालय प्रमुख महराले बताए । उनका अनुसार कम्पनिले जिरा मसिनो र मोटो चामलको क्रमश प्रतिकिलो ८८ र ६२ मुल्य तोकेकोमा सहुलियत दर ८२ र ५७ रुपयाँ तोकेको छ ।
कम्पनीले सय क्विन्टल विक्रिका लागि तार्केट दिएता पनि अहिलेसम्म एक क्विन्टल चामल विक्रि भएको कार्यालयका सहायक प्रमुख एवं सूचना अधिकारी मनोज चन्दले बताए । ‘केन्द्रिय कार्यालयले महेन्द्रनगरका लागि १०० क्विन्टल विक्रि गर्न कोटा दिएको छ,’ उनले भने, ‘भाद्र ३० गतेदेखि एक क्विन्टल मात्रै विक्रि भएको छ ।’ कोटाको चामल सकिए केन्द्रको निर्देशन अनुसार थप्नेनथप्ने केन्द्रले निर्धारण गर्ने सूचना अधिकारी चन्दले बताए ।
विक्रि सुरु भएको दिन देखि अधिकांस दिन विदा परेकोले बिक्रि धेरै हुन नसकेको उनले बताए । कम्पनीले देशको सबै जिल्लाहरुमा सहुलियत दरमा चामल, चिनि लगायतका अत्यवश्यक बस्तुको बिक्रि गर्दै आएको सूचना अधिकारी चन्दले बताए । उनले महेन्द्रनगरमा चामलको मात्रै विक्रिका लागि राखिएको बताए । ‘कम्पनीले चाडबाडको समयमा दैनिकरुपमा अत्यवश्यक उपभोग हुने बस्ुतको मूल्य निर्धारण गर्नका लागि कम्पनीले सहुलियत दरमा बिक्रि पसल राख्ने गरेको छ,’ सूचना अधिकारी चन्दले भने, ‘महेन्द्रनगरमा चामल मात्रै राखेको छ, खासमा यहा चिनि भारतीय बजारबाट भित्रिन्छ र कम्पनीको सहुलियत दरभन्दा पनि सस्तो मूल्यमा बजारमै प्रतिस्पिर्धा हुने गरेको कारण यहा चिनि नराखिएको हो ।’
कम्पनीले महेन्द्रनगरबाटै खरिद गरीएको धानबाट उत्पादन गरीएको मोटो चामल नै गोदाममा राखिएको हो भने मसिनो चामल अन्यबाट किनेर सहुलियत दरमा बिक्रि गरीरहेको सूचना अधिकारी चन्दले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज