Advertisement

कञ्चनपुर टि-ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

सन्तोस पन्त, कञ्चनपुर – कञ्चनपुर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ।

गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।

बेलौरी नगरपलिका १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्राय : टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।

प्रतियोगिताको उदे्श्य अवसरको खोजीमा रहेका स्थानिय खेलाडीलाई प्रतिभा देखाउने आवसर दिनु रहेको खेल सञ्चालक समितीका संयोजक दिपक खड्काले बताए ।

उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन । टाढाको टिमलाई बस्ने व्यावस्था मिलाईने छ ।

प्रतियोगितामा सहभागि हुने ईच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराईसक्नु पर्ने छ ।

टिम दर्ता शुल्क १५ हजार राखिएको छ । यस वर्ष भने पुरुस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितभरका उत्कृष्ट खेलाडीलाई ५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ सय पाउने छन ।

पहिलो सिजनको प्रतियोगिताको उपाधि मालिकार्जून हार्डवेयर प्रालि अत्तरियाले हात पारेको थियो भने धनगढिको सुप हेस्टेल उपविजेतामा चित्त बुझाएको थियो ।

पहिलो सिजनको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभगिता रहेको थियो । यस वर्ष पनि थुप्रै राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने आयोजकको विश्वास छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज